काठमाडौं । पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार मंगलबार हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा मनाइँदैछ।तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ। ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ। त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ। तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ। सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ छ। तामाङ जातिले भने आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन्। तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ।
नुहाएर शुद्ध भै,घर लितपोत गरिन्छ आज । काशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ। ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिइ बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ।घरमूूलीबाट पूजा पाठ गरि मनाइन्छ ।