रोशन घर्ति मगर
काठमाण्डौ २६ असोज-संघीए लोकतान्त्रिक गणतन्त्रको स्थापना भई लोकतन्त्रको अभ्यास गरिरहेको विश्वको कान्छो गणतन्त्रको दोश्रो आम निर्वाचन यहि २०७९ साल मंसीर ४मा घोषणा भएसंगै राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु आफ्ना एजेण्डाहरु संगै चुनावी मैदानमा होमिएका छन् ।
संघीए गणतन्त्र नेपालको गाणतान्त्रिक संबिधान २०७४ सर्व स्विकार्य नभएको भन्दै केही मधेसकेन्द्रित दलहरुको फरकमत रहेता पनि जनस्तरमा बिबादित् बिषयहरु धर्मनिरपेक्षता, राज संस्था जस्ता बिषयहरु थाति राखेरै भएपनि नेपालले गाण्तन्त्रको स्थापना पछि दोश्रोपटक आम निर्वाचन गर्दैछ ।देशको राजनैतिक ईतिहाँसको कालखण्डमा व्यवस्था परिवर्तन भएता पनि जनताको अवस्थामा तात्विक परिवर्तन नआएको भन्दै जनताहरु निरास छन् । देशमा बढेको भ्रष्टाचार, महंगि, दण्डहिनता,अराजकता, जस्ता बिषयहरु एका तिर छन् भने देशकै राष्ट्रिय अखण्डता तथा सार्वभौमसत्तामा आँच पुग्नेगरि भारतले कालापानि, लिपुलेक र लिम्पििया धुरालाई आफ्नो भुभागदावि गर्दै नक्सामा समेत पारेपछि देशको राष्ट्रिय अखण्डता तथा सार्वभौमसत्तामा हस्तक्षेप भएको भन्दै देश दौडाहा गर्नै व्यक्ति हुन् राष्ट्रवादि व्यक्ति पुण्य प्रसाद् प्रसाई ।
आसन्न आम निर्वाचन २०७९मा काठमाण्डौ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २मा प्रतिनिधि सभासदस्यको प्रत्यासि उम्मेदवारकोरुपमा चुनावि मैदानमा उत्रिएका प्रसाई लेखक, तथा राजनितिज्ञ हुन् ।काठमाण्डौ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २का स्थानिय बासिन्दा समेत रहेका पुण्य प्रसाद् प्रसाई लाई देशै भरिका नागरिकहरुमा आत्मसम्मानको जागरण ल्याउन महत्वपुर्ण भुमिका खेलेको श्रेय जान्छ ।
परम्परागत तथा पुराना राजनैतिक दलहरुप्रति तिब्र घृणा तथा अविस्वास पैदा भईरहेका बेला गत बैसाखमा भएको स्थानियतह निर्वाचनमा देशैभरी स्वतन्त्र तथा नयाँ अनुहारले बिजय हासिल गरेसंगै यस पटक जनता परिवर्तनको परक्षमा रहेको स्पष्ट संकेतका विच एक आशाको किरणको रुपमा पुण्य प्रसाद् प्रसाई को राजनितिमा उदय भएको छ ।
स्पस्ट छ अब पुराना राजनैतिक दलहरुले जनबिश्वास गुमाईसकेका छन् ।
महज १९ बर्षको उमेरमा उपन्यास लेखेर बौद्धिक जगतमा चर्चामा आएका पुण्य प्रसाद् प्रसाई ले १०० भन्दा बढि पुस्तकहरु लेखेर नेपाली साहित्य लाई गुण लगाएका छन् ।
उनका एस आई क्यान, यस आई क्यान (सेल्फहेल्प बुक), ३. हजार आशाहरु (कथासङ्ग्रह), ४. ई पसिना बगाउने बिम्बहरु र चराहरु निषेध मान्दैनन् (कवितासङ्ग्रह थान २), ५. बुद्धहरु युद्ध माग्दैनन् (खण्डकाव्य), ६. कथा हजुरआमाको (नाटक), ७. विशाल नेपाल (महाकाव्य, २०७७), ८. सिद्धार्थ गौतम बुद्ध (महाकाव्य, २०७९), ९. गौतम बुद्ध –जीवन र दर्शन) गोरे भालुको हिउँको घर (बाल चर्चित कृतिहरु हुन् ।सचेत नेपालि पार्टिका केन्द्रिय अध्यक्ष समेत रहेका पुण्य प्रसाद् प्रसाईको उम्मेदवारीलाई अर्थपुर्णरुपमा हेरिएको छ ।
कखमा बालक लिएकि आमा चुनाव चिन्ह लिई चुनावि मैदानमा उत्रिएका पुण्य प्रसाद् प्रसाई सर्वपहिचानवाद, नागरिक समाजवाद, न्यायिक समतावाद, अन्त्योदयको सिद्धान्तमा विश्वास राख्दछन् ।
शक्तिशाली सेना खुसी नागरिक, ऋणमुक्त देश सम्मानित नेपाली, नागरिक समाजवाद, न्यायिक समतावादी विश्व व्यवस्थाको लक्ष्य निर्धारण गरि नेपालि राजनितिमा होमिएका पुण्य प्रसाद् प्रसाइ कानुनी राज्य र सिस्टम पालनामा कडाई, भ्रष्ट, बलात्कारी र वखण्डनकारीलाई कठोर कोर्रा सिस्टम र सर्वश्वहरण गर्नै प्रतिबद्धता सहित जनताकाृ घरदैलोमा पुग्दैछन् ।
कागेश्वरी मनोहरा नगरपालिका, वडा नम्बर ८ गोठाटार तेजविनायक (काठमाण्डौ क्षेत्र नम्बर २) स्थायी बासिन्दा पुण्य प्रसाद् प्रसाद प्रसाई कानुन, समाजशास्त्र स्नातकोत्तर हुन् ।सडकको संघर्ष सदनबाट अघि बढाउँदै देशकै नेतृत्व गर्छु भन्दै चुनावि मैदानमा होमिएका प्रसाई प्रेरक लेखक, राजनितिज्ञ, डिकुरा पब्लिकेसन तथा ईन्भेष्टमेन्ट ग्रुपका प्रमुख समेत हुन् ।तपाईं जे सोच्नु हुन्छ त्यो प्राप्त गर्ने बाटो पनि हुन्छ, बाटो अगाडि छैन भनेर नरोकिनुस् । पछाडि फर्किनुस्, तपाईंलाई सफलतामा पुर्याउने बाटो पछाडि हुनसक्छ । बाटो दायाँ, बायाँ वा माथि पनि हुनसक्छ । हिम्मत नहार्नुस्, हिंड्नुस् हिंडिरहनुस्, हिंड्नेहरु एकदिन अवश्य पुग्छन् । खोज्नुस्, खोज्नेहरुले एक दिन अवश्य भेट्छन् , भन्ने प्रेरणा दिने पुण्य प्रसाद् प्रसाई पिता डिल्लि प्रसाद् प्रसाई र माता डिकुरा प्रसाईंका कान्छा छोरा हुन् ।
यस्तै प्रसाईले कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता नेपालका सामरिक र रणनीतिक रुपले अति महत्वपूर्ण र संवेदनशिल भूभाग मिचेर इण्डियाले सेना राखेको र नेपाली भूभाग समेटेर इण्डियाले नक्शा प्रकाशित गरेको कुराले अति नै आक्रोशित बनेका प्रसाईले नेपालको भूमाग फिर्ती गर्नका लागि संस्थागत रुपमा अभियान संचालन गर्नका लागि म सचेत नेपाली महाअभियान को संयोजकको रुपमा नेतृत्व गरेका थिए ।पुण्य प्रसाईको संयोजकत्वमा गठन भएको यस अभियानले नेपालको सेना शक्तिशाली बनाउँ, इण्डियन सेना कालापानी छोड भन्दै पहिलो पटक सडक आन्दोलनको शुरुवात गरेको
प्रसाईको नेतृत्वमा ‘म सचेत नेपाली महाअभियान’ले ५७ जिल्लामा पुगेर सभा, कोण सभा र हस्ताक्षर अभियान गरेको
राष्ट्रियता र भूमिरक्षाको सवालमा जनजागृति अभियान अन्तर्गत ५७ भन्दा बढी जिल्लामा जनप्रदर्शन र कोणसभा गरेपछि धनकुटा भेडेटारमा पक्राउ परेको ।
कोभिड–१९ को महामारीको समयमा सातै प्रदेशमा निशुल्क खाना, राहत र उद्धारको काम गरेको । एक रुपैया चन्दा नउठाई रिङरोड वरपर बस्ने गरिब तथा विपन्न नागरिकलाई आफ्नो खर्चमा निशुल्क खाना खुवाएको थियो ।
विदेशबाट आएकाहरुका लागि आइसोलेसन वार्ड बनाएको र नेपाल प्रहरीको समन्वयमा कोभिड बिरामीको घरघरमा अक्सिजन सिलिण्डर पुर्याएको ।
देश र नागरिकको पहिचान, सम्मान र विकासका लागि आयातित विचार अध्यात्मावाद, माक्र्सवाद र पूँजीवाद असफल भएकाले सर्वपहिचानवाद लागू गरी सबैको पहिचान, अस्तित्व र सम्मानको ग्यारेन्टी गर्दै प्रसाईले राष्टिय एजेण्डाकोरुपमा आत्मरक्षाको सिद्धान्त अन्तर्गत इजरायलको जस्तो शक्तिशाली सेना बनाउने,राजनीति बाहिरबाट शक्तिशाली नागरिक आयोग बनाएर सरकार बनेको १०० दिनमा सबैखाले भ्रष्टचार उन्मुलन गर्ने,राइट टु रिटर्न अन्तर्गत राइट टु कोर्ट लागू गरी असक्षम र भ्रष्टलाई तुरुन्त बर्खास्त गर्ने,सांसदको संख्या आधाभन्दा बढी घटाउने र सांसदलाई मन्त्री बन्न रोक्ने ,एमसीसी, नागरिक विधेयकसहित अन्तर्राष्ट्रिय संस्था र मुलुकसँग गरिएका सबै खाले असमान सन्धी खारेज गर्ने,अन्य मुलुकका नागरिकलाई झैं इण्डियनलाई अनिवार्य प्रवेशाज्ञा लागू गनेर्, भ्रष्ट राजनीति विस्तापित गरी इमानदारीको राजनीति स्थापित गरेर कट्टर इमानदार सरकार बनाउने जस्ता राष्टाबदि योजनाहरु ऋगाडि सारेका छन् ।
यस्तै प्रसाईले लोकसेवा र निर्वाचन आयोग बाहेक सबै आयोग, सिडियो, जिल्ला समन्वय समीतिहरु खोरज गरी मुलुकको आर्थिक भार कम गर्ने,कुनै पनि क्षेत्रमा टिको लाएर राजनीतिक नियुक्ति दिने भ्रष्ट टिके प्रथा पूर्णरुपमा निर्मूल गरी खुला प्रतिस्पर्धाबाट योग्यलाई छनोट गर्ने,पूर्वाधार र विकास कार्य लट्काउने ठेकेदारी प्रथा उन्मुलन गरी विकास निर्माणका लागि विकास सेनाको रुपमा नवनिर्माण सेना बनाउने,नागरिकता बसको टिकट जस्तो बिकाउ हुन नदिने,कानुन (ल) ब्रेकरहरुलाई विस्थापित गरी नेपाल नेपालीको हित चाहने ल मेकरलाई सदनमा पुर्याउने,आत्मनिर्भरताको सिद्धान्त अनुरुप छाडा खुलापन रोक्न एन्टी ओपेननेस र एन्टी ग्लोबलाइजेसनको नीति लिई उत्पादनशील र निर्यातमूखी चार खम्बे अर्थनीति लागू गर्ने,अनुदान र ऋण भ्रष्टचार र विदेशी चलखेलको प्रमुख कारण भएकाले पूर्णरुपमा बन्द गरी ५ वर्षमा नेपाललाई ऋणमुक्त र आत्मनिर्भर देश बनाउने ,नेपाल कृषिप्रधान देश भन्ने तर कृषिजन्य वस्तु मात्र ३ खर्बको भित्रिने कुव्यवस्था रोकी नेपालमै मलखाद्य र सिंचाइको व्यवस्था गरी दक्ष जनशक्तिसहितको स्मार्ट भिलेज बनाइ एकीकृतरुपमा आधुनिक कृषि गरी आत्मनिर्भर हुने ,स्मार्ट भिलेज अन्तर्गत ग्राम स्तरीय साना उद्योगसमेत संचालन गरी प्रत्येक गाउँ र नगरलाई आत्मनिर्भर बनाइ प्रत्येक वर्ष ५ लाख रोजगारी सृजना गर्ने ,किसानको उत्पादन सरकारले अनिवार्य किनेर बजार व्यवस्थापन र वितरण गर्ने, विकासलाई सस्तो प्रचार र भोट तान्ने स्वार्थी रणनीतिका विरुद्ध दिगो विकास (Sustainable Development) मा विशेष जोड दिन,खुला सिमाना पूर्ण रुपमा सिल गरी सिमानामा भूमि रक्षार्थ नवनिर्माण सेना मार्फत् हरित ‘गोर्खा वाल’ लगाएर सीमा विवाद अन्त्य गर्दै नेपाल र नेपाली नागरिकको सुरक्षाको ग्यारेण्टी गर्ने,पैसा नभएर कुनै पनि नागरिकलाई मर्न नदिन मेडिकल माफियागिरी बन्दगरी स्वस्थ्य सहज र निशुल्क गनर्,ेअसंलग्न परराष्ट्र नीति लिने कुनै पनि देश शक्तिशाली र समृद्ध नभएकाले पञ्चशिलमा आधारित संलग्नताको सिद्धान्त लिने,नागरिकले अहिले तिरिरहेको कर आधा घटाएर अहिलेको भन्दा दोब्बर कर उठाउने प्रगतिशिल, वैज्ञानिक र विश्वासिलो कर प्रणाली लागू गर्ने,उद्योग गर्न चाहनेलाई तिरेको कर फिर्ताको नीति लिने र उद्योग गर्नका लागि स्थान, बिजुली, पानी, सडक र सल्लाहकार सरकारले दिने,यस्तै प्रसाईको एजेण्डामा नातावाद कृपावाद पूर्णरुपमा उन्मूलन गरी योग्यता र दक्षताको आधारमा सबै जाति, समुदाय र वर्गको प्रतिनिधित्व सुनिश्चित हुने क्लष्टरमा आधारित न्यायिक समतामूलक चक्रीय प्रणाली लागू गर्ने,भ्रष्टचारी, सामूहिक बलात्कारी, धार्मिक र जातीय हिंसा भड्काउने र विखण्डनकारीलाई राष्ट्रिय अपराधी करार गरी कोर्रा सिस्टम लागू गर्ने ,शक्तिशाली देश समृद्ध प्रदेशको नीति लिई प्रदेशले दोस्रो तहका नेता पोसी आर्थिक भार मात्र बढाएकाले प्रदेशको वैज्ञानिक र न्यायिक पुनर्संरचना गर्ने, हाम्रो कलासंस्कृति मासेर जातिगत घृणा फैलाउँदै हामी हामीबीच फुट ल्याउने मुख्यकारक सबैखाले आइएनजिओलाई बन्देज लाउने,संविधानमा किटान गरिएको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य राज्यले ग्यारेण्टी गर्ने ,पेशा व्यवसायको विज्ञताको आधारमा डिग्रीको व्यवस्था गर्ने, प्लम्बर, ड्राइभर, किसान, डकर्मी, सिकर्मी, सूचिकार आदिले समेत उसको विज्ञताको आधारमा डिप्लोमा र मास्टर्सको डिग्री पाउने व्यवस्था लागु गरी शिक्षाको परिभाषा बदल्ने ,बेरोजगार उत्पादन गर्ने वर्तमान घोकन्ते शिक्षालाई पूर्णरुपमा खारेज गरी शिप र उद्यमशिल व्यवहारिक र आत्मानुशासन सहितको शिक्षा निशुल्क गर्ने,सबै शिक्षकलाई अन्ट्रपेनरका रुपमा परिणत गर्न उनीहरुको तलबमा व्यापक पुनर्विचार गरी देशमै र मुलुक बाहिरसमेत लगेर विशेष रुपमा प्रशिक्षित गरी शिक्षकहरुलाई मुलुकको भविष्य निर्माता वास्तविक गुरु बनाउने,विचार, अनुसन्धान, शोध र वैज्ञानिक खोजका लागि सरकारी तवरबाट संस्थागत प्रयास गर्ने , हरेक स्कुलमा नेपाली, अंग्रेजी, संस्कृत र मातृभाषामा शिक्षा दिई १२ क्लास पास गर्ने हरेक विद्यार्थीले ४ भाषा फरर बोल्न सक्ने बनाउने
प्रत्यक्ष निर्वाचनबाट प्राप्त पपुलर मत र पार्टीलाई प्राप्त मतको प्रतिशतको आधारमा विजेतालाई ५ वर्षका लागि पूर्णकालीन कार्यकारी प्रधानमन्त्री निर्वाचित गर्ने ।
विदेश भासिएका क्षमतावान् व्यक्तिलाई फर्काएर देश विकासमा लगाउनेसरकारी जग्गा र सम्पत्ति आफ्नो बनाई भोगचलन गर्नेको सर्वश्वहरणसहित आजीवन कारावास पठाउने
६ हजार नदी नेपालको विकासमा प्रयोग गर्नः वनलाई नगदे वनमा परिणत गरी वनलाई जनताको आम्दानीको स्थायी माध्यम बनाउने
नेपालीको कलात्मक शीपलाई आम्दानीको श्रोत बनाउने
न्यायको कुर्सीमा बसेर घुस खाने दलाल न्यायाधीशले न्यायालय मात्र होइन राष्ट्र नै दुषित बनाउने कमिशनखोर र भ्रष्ट न्यायाधीशलाई जेलमा सडाउन सक्ने विशेष राष्ट्रिय अदालत गठन गर्ने
मुलुकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विदेशको षडयन्त्र थाहा पाउन र देशभित्रका देशद्रोही चिनेर राष्ट्रविरुद्ध हुने सबै खाले अपराधको पहिलै पहिचान गरी राष्ट्र र नागरिकलाई जोगाउन शक्तिशाली गुप्तचर विभाग बनाउने
सिंहदरबारबाटै भ्रष्टचार रोक्नेः इमानदार व्यक्तिहरूलाई राजनीति गर्नका लागि थप प्रशिक्षण र प्रोत्साहन गर्दै बेइमान, भ्रष्ट, धन, सत्ता र शक्तिका लागि जस्तो सुकै निचता गर्नेलाई रोकी इमानको राजनीति स्थापित गरी सिंहदरबारबाटै भ्रष्टचार रोक्न कट्टर इमानदार सरकार बनाउन ।
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी सरकारले गर्नै पर्नै नगरे संविधान उल्लंघन गरेको मुद्धा अदालतमा चलाउन सकिने जस्ता राष्टिए एजेण्डाहरुका अलावा काठमाण्डौ क्षेत्र नं २ संग सम्बन्धित थप स्थानिय एजेण्डाहरु सहित प्रसाई जनताको माझमा छन् ।क्षेत्र नं २ संग सम्बन्धित थप स्थानिय एजेण्डाहरु:उनले निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उद्घोष गरेका छन् “म सांसद बनेपछि सांसदले सेवा सुविधा वापत पाएको सबै पैसा साथै स्थानीय निकायसँग समन्वय गरी शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका दुर्गम क्षेत्र जहाँ यातायात र अस्पतालको सहज पहुँच छैन ति क्षेत्रका नागरिकका लागि गाडीमा नै डाक्टर, नर्स र आवश्यक उपकरण सहितको “मोवाइल अस्पताल” संचालनमा ल्याउने छौ जुन अस्पतालले दुर्गम क्षेत्रका नागरिकलाई घरमै पुगेर सेवा दिनेछ । ”सरकारी अफिसको झन्झटयुक्त कार्य प्रणालीबाट आजित नागरिकका लागि सरकारी तिरोभरो, घरछिमेकमा हुने समस्या, अप्ठ्यारो, कठिनाइ, धारापानी, ढल र प्लम्बरिङका समस्याको सहजीकरणका साथै मुद्धामामिला परेमा कानुनी सल्लाहका लागि हामी व्यक्तिगत खर्चमा एक सचिवालय बनाउने छौं जुन अफिसले चौबिसै घण्टा खुला रहेर क्षेत्र नम्बर २ का नागरिकलाई सेवा दिनेछ ।समृद्ध वागमति र मनोहरा सभ्यताको पुनर्जागरण गर्नेछौ । वडा, टोल सुधार समिति र नागरिकहरुसँग सहकार्य गरी वागमति र मनोहरा लगायतका नदीहरुको सफाई गरी सुरम्यता सहितको करिडोर वागमति र मनहोरा सभ्यताका सम्पदा र कलासंस्कृति झल्किने पार्क, बालबालिका र ज्येष्ठ नागरिकका लागि खुला उद्यान, चोक र पार्क बनाउन नगरपालिका, महानगरपालिकाका र वडाहरुसँग सहकार्य गरेर काम गर्नेछौं ।तिनकुने, कोटेश्वर, जडिबुटी र पुरानो बानेश्वर क्षेत्रको ट्रफिक जाम कन्ट्रल गर्न नगर, महानगरपालिका र ट्रफिक प्रहरीसँग सहकार्य गरेर विशेष योजना तय गर्ने छौं ।
सरकार, नगरपालिका र महानगरपालिकालाई शिक्षा क्षेत्रमा लगानी बढाउन प्रेरित गरी काठमाण्डौ क्षेत्र नं. २ का विद्यालयलाई नेपालकै गौरवलाग्दो विद्यालयको रुपमा विकास गर्ने छौं ।
काठमाण्डौ क्षेत्र नं. २ का प्राइभेट बोर्डिङ स्कुलले अति विपन्न, दलित र आदिबासीहरुका लागि छुट्याएको १० प्रतिशत कोटामा सम्बन्धित सममुदायलाई पठनपाठनको व्यवस्था सुनिश्चित गर्न नगरपालिका र महानगरपालिकासँग मिलेर सहकार्य गर्ने छौं ।
काठमाण्डौ क्षेत्र नं. २ का सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा विशेष जोड दिनेछौं, कमजोर शिक्षा प्रणालीलाई व्यापक सुधार गर्न शिक्षकलाई विशेष प्रशिक्षण दिई प्रत्येक विद्यालय नै उद्यमशिल बनाउन घोकन्ते शिक्षा प्रणालीको ठाउँमा शिपमुलक र अन्ट्रपेनरशिप शिक्षा दिई १२ क्लास पास गरेको विद्यार्थीलाई स्वरोजगार गर्न सक्ने योग्यता र आत्मविश्वासको विकास गर्नेछौं ।
काठमाण्डौ क्षेत्र नं. २ का विद्यालयमा विद्यार्थीले १२ कक्षा पास गर्दा मातृभाषा, नेपाली, संस्कृत र अंग्रेजी चार भाषा फरर बोल्न सक्ने योजना तर्जुमा गर्ने
काठमाण्डौ क्षेत्र नं. २ शंकरापुर न.पा., कागेश्वरी मनोहरा न.पा. ४, ५, ६, ७, ८, ९ वडा र काठमाण्डौं ०९, र ३२ वडा भित्रको यस्तो क्षेत्र हो जहाँ एक सिङ्गो राष्ट्रमा हुने विविधता अवस्थित छ जुन विविधताको पहिचान देशव्यापी प्रचारप्रसारमा ल्याउनेछौं ।
यहाँ सुगमताको कुरा गर्दा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौ महानगरपालिकाका ०९ र ३२ वडा कागेश्वरी मनोहराको ०८ र ०९ वडा छन् भने यहीं सुनटोल र नाङ्लेभारे, लप्सेफेदी जस्तो जुम्लाको जस्तो विकटता भएको क्षेत्र पनि रहेकाले यसै क्षेत्र भित्रका काठमाण्डौ महानगरपालिका ३२ र ०९ वडा जस्ता अत्याधुनिक र सुगम शहरी क्षेत्रभन्दा फरक विकास परियोजना तर्जुमा गर्न सरकारसँग मिलेर दिगो पूर्वाधार विकासका परियोजना गुणस्तरीय रुपमा बनाउन पहल गर्नेछौं ।इन्द्रायणी, पुखुलाछी, बज्रयोगिनी, लप्सेफेदी, सुनटोल र नाङ्लेभारे गा।वि।स मिलाएर बनेको शंखरापुर नगरपालिका चारैतिर पहाडले घेरिएको एउटा अति सुन्दर उपत्याका हो । नेपालको राजधानी रहेको जिल्लामा रहेको नगरपालिका भएता पनि ग्रामीण बस्ती र भौगोलिक रुपमा विकट यस नगरपालिकाको सबैभन्दा ठूलो समस्या विद्यालय, खानेपानी, सडक र सार्वजनिक यातायातको व्यवस्था अत्यन्त कमजोर रहेकाले यसका लागि संङ्घीय र प्रदेश सरकारसँग मिलेर विशेष योजना बनाई कार्यान्वन गर्नेछौं ।
शंकरापुर नगरपालिकाको मुख्य विशेषताको रुपमा ऐतिहासिक सांखु शहर लगायत बज्रयोगिनि र शालिनदीको प्रचारप्रसार विश्वव्यापी बनाएर हिन्दु र बुद्धिष्ट धर्मावलम्बीलाई आकर्षित गर्न सकिने प्रचुर संभावना भएकाले पशुपतिनाथ, स्वम्भू र बौद्ध तिर्थाटनमा आएका पर्यटकलाई एक रात शंकरापुरमा बस्ने कार्ययोजना र प्रचारप्रसार गर्न विशेष योगदान दिनेछौं र यस नगरमा बज्रयोगिनी जात्रा, शालीनदी मेला,मणिचुड मेला, माधव नारायण स्वस्थानी वर्त, दसै जात्रा, इन्द्रायणी जात्रा तथा अन्य जात्रा र संस्कृतिलाई राष्ट्रिय र अन्तराष्ट्रिय पहिचानमा पुर्याउन भूमिका खेल्नेछौं ।साविकको गोठाटार, मूलपान, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा।वि।स।हरुलाई समायोजन गरी गठन गरिएको कागेश्वरी मनोहरा नगरपालिका भित्रका ऐतिहासिक स्थलहरु क्रमशस् कागेश्वरी महादेव मन्दिर, नवतनधाम, चम्पक विनायक मन्दिर, काष्ठभैरव मन्दिर, यस नगरमा बज्रयोगिनी जात्रा, शालीनदी मेला,मणिचुड मेला, माधव नारायण स्वस्थानी वर्त, दसै जात्रा, इन्द्रायणी जात्रा तथा अन्य जात्रा प्रमुख संस्कृति मानिन्छ । सिमतिर्थ, गीता मन्दिर, तेजविनायक गणेश मन्दिर,सिद्धकाली मन्दिर, महाँकाल भैरव मन्दिर, कोल्मतेश्वर, थली बालकुमारी मन्दिर साथै अन्य देवी(देवता, गुम्बाहरुको विशेष संरक्षण र प्रचारप्रसार गराई धार्मिक पर्यटन बढाई व्यापारव्यवसायलाई टेवा पुर्याउन विशेष भूमिका खेल्ने छौं ।मनोहरा र वागमति करिडोर निर्माण तथा मर्मत र ग्रिन बेल्ट बनाउन सम्बन्धित निकायसँग पहल गर्नेछौं ।
काठमाण्डौ निर्वाचन क्षेत्र नं. २ र ०९ भित्रसहित सम्पूर्ण क्षेत्रमा सार्वजनिक शौचालय र सार्वजनिक पुस्तकालयको निर्माणमा विशेष भूमिका खेल्ने छौं ।
नगरपालिका र महानगरसँग सहकार्य गरी काठमाण्डौ निर्वाचन क्षेत्र नं. २ भित्र राजनीतिक शक्तिको आडमा कब्जा गरिएको सार्वजनिक जग्गा खोजी प्रत्येक वडामा एउटा एउटा चिल्ड्रेन पार्क, खेल मैदान र उद्यान निर्माण गर्ने छौं ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहित स्वास्थानी व्रत कथाको प्रख्यात शाली नदीका साथै साँखु जस्तो प्रख्यात र ऐतिहासिक शहर, शंकरापुर जस्तो आकर्षक हिमाल र पहाडले घेरिएको उपत्याका साथै जोडिएको गाकर्ण जंगल र गल्फ खेल मैदान समेत हुने काठमाण्डौ निर्वाचन क्षेत्र नं. २ भित्र जिपलाइन, स्काइ साइक्लिङ, रक क्लाइम्बिङ, प्यारा ग्लाइडिङ, पदयात्रा, ट्रेकिङको क्षेत्रमा लगानी आकर्षित गरी यस २ नं. क्षेत्रलाई राजधानी भित्रको ‘पोखरा’को रुपमा विकास गर्न सकिने संभावना रहेकाले यतातिर विशेष पहल गर्नेछौं ।
जोरपाटी थलीका साथै सबै क्षेत्रका जर्जर बाटो, ढल र खानेपानी निर्माणमा सम्बन्धित निकायमा विशेष पहल गर्नेछौं ।काठमाण्डौ क्षेत्र नं. २ कृषि र पशुपालनका लागि अति नै उर्वर क्षेत्र समेत भएकाले स्मार्ट ग्राम बनाइ एकीकृत आधुनिक कृषिको योजना बनाउन पहल गर्नेछौं ।
यस क्षेत्रमा उत्पन्न हुने फोहोरलाई मलखाद्य बनाई सबैखाले रासायनिक मललाई विस्थापित गर्दै अर्गानिक खेती गरी त्यसको बजार व्यवस्थापनको जिम्मा नगरपालिका र महानगरपालिका मार्फत गरी किसानको आर्थिक अवस्थामा व्यापक सुधार साथै बेरोजगारी उन्मूलन गर्न विशेष पहल लिनेछौं ।
तिनकुनेको जग्गाको समस्या तुरुन्त सुल्झाएर ग्रिन पार्क बनाउन महानगरपालिकासँग सहकार्य गर्नेछौं ।
हरेक वडामा एकएक सार्वजनिक पार्क र खेल मैदान निर्माण गरी खेलकुदमा युवालाई आकर्षित गर्नेछौं । क्षेत्र नं. २ लाई खेलकुद हवको रुपमा विकास गर्न विशेष पहल लिनेछौं ।
हरेक वडा र पालिकामा स्थानीय जनताकै नेतृत्वमा नागरिक आयोग बनाएर स्थानीय निकायका काम कार्वाहीमा कुनै नीतिगत भ्रष्टचार, अपचलन, आर्थिक, भ्रष्टचार र लापरवाही भए नभएको हेर्नेछौं र देखिएमा अख्तियार पुर्याएर भ्रष्ट कर्मचारी र जनप्रतिनिधिलाई जेलमा पुर्याउने छौं ।
काठमाण्डौ महानगरपालिकासँग समन्वय गरी वडा नं. ३२ र बडा नं. ०९ मा रात्रिकालिन बजार संचालनमा ल्याउने प्रयास र पहल गर्नेछौं
नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन हरेक चोक र गल्लीमा सिसि क्यामेरा जडानका लागि पहल लिने छौं ।यस क्षेत्रको सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासलाई नगरपालिका र महानगरपालिका सहित विभिन्न निकायसँग सहकार्य गरेर लालपूर्जा वितरणमा सहजीकरण गर्नेछौं ।
सार्वजनिक जग्गा–जमिनको खोजी गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण गर्न विशेष पहल गर्नेछौं । र, उपलब्ध सार्वजनिक जग्गा र सम्पत्तिको समुचित उपयोग पार्क र खेल मैदान बनाउन सम्बन्धित निकायमा विशेष पहल लिनेछौं । सार्वजनिक जग्गा भोगचलन गर्ने गराउनेलाई कानुनी कार्वाहीको विशेष पहल लिनेछौं ।
यस क्षेत्रका स्थानीय भाषा, जात्रा, गुठी, पर्व, महोत्सव, स्थानीय सामाजिक सांस्कृतिक परम्पराहरुको जगेर्ना, प्रवर्धन र उत्थान गर्न तिनै तहका सरकार विशेषगरी स्थानीय सरकारसँग मिलेर प्रतिष्ठान बनाउन पहल गर्नेछौं ।
बालबालिका, युवा, विद्यार्थी, अनुसन्धान अध्ययन र अवलोकन गर्नेहरुका लागि साथै सिंहदरबार र संसद जनताका लागि खुला गर्नमा विशेष पहल गर्नेछौं ।हामी सांसद भएपछि कट्टर इमानदार भएर जनताको वास्तविक सेवक ठानेर जिम्मेवारी बहन गर्नेछौं र अरु सहकर्मी सांसदलाई समेत इमानदार बनेर जनताको सेवक बनेर कर्म गर्न प्रेरित गर्नेछौं ।
नेपालि संस्कार, संस्कृति र माटो सुँहाउदो सर्वपहिचानवादको मूलदर्शनको सिद्धान्त प्रतिपादन गरि देशलाई १५ बर्ष भित्र बिकसित राष्टको रुपमा पु्याउन आफ्नो उम्मेदवारीलाई किन भनि जनता समक्ष प्रस्ट पारेका छन् ।
पसाईंले आफ्नो उम्मेदवारी सर्वपहिचानवादको मूलदर्शन लागू गर्न,नागरिक समाजवाद लागू गर्न, न्यायीक समतावादको सिद्धान्त अनुसार अन्तिम लक्ष्य खुशीःअन्त्योदयको सिद्धान्त लागू गर्नःसर्वोदयको सिद्धान्त लागू गरी लोककल्याणकारी राज्य बनाउन, संलग्नताको सिद्धान्त अनुसार परराष्ट्र नीति लागू गर्न,एन्टी ग्लोबलाइजेसनको नीति अंगाल्न, आत्मरक्षाको सिद्धान्त अनुसार शक्तिशाली सेना,आत्मनिर्भरताको सिद्धान्तअनुसार आर्थिक विकास गर्नः व्यापार घाटा कम गर्न, कर फिर्ता नीति लागू गर्नः उद्योगका लागि सम्पूर्ण व्यवस्थापन सरकारले गर्न, वर्षेनी ५ लाख नयाँ रोजगार सृजना गर्न नक्कली नागरिकता लिने—दिनेलाई आजीवन कारावासको सजाय दिन, बेरोजगार भत्ता दिनः असमान सन्धि खारेज गर्न, विकासको गति यातायात सेवामा व्यापक सुधार गर्न, नेपाललाई पर्यटनको आकर्षक गन्तव्य ६ हजार नदी नेपालको विकासमा प्रयोग गर्न, कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन गरी द्रुत विकास गर्न किसानको उत्पादन अनिवार्यरुपमा सरकारले खरिद गर्ने नीति लिन, वनलाई नगदे वनमा परिणत गरी वनलाई जनताको आम्दानीको स्थायी माध्यम बनाउन यस्तै प्रसाईले पर्यटनको विकासमा क्रान्ति ल्याउनः आत्मनिर्भर स्मार्ट ग्राम (कम्युन) को व्यवस्था गर्नः,आधारभूत शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चितता गर्न,नेपालीको कलात्मक शीपलाई आम्दानीको श्रोत बनाउनः शीपमूलक योग्यतालाई समेत डिग्री दिने व्यवस्था गर्न, उच्च अभिव्यक्ति स्वतन्त्रताका लागि, नेपाललाई मेडिकल हवको रुपमा विकास गर्न,सातै प्रदेशमा विश्वस्तरका रंगशाला निर्माण गर्न, अङ्गीकृत नागरिकलाई प्रतिबन्ध गर्नः भ्रष्ट राजनीति विस्तापित गरी इमानदारीको राजनीति स्थापित गर्न,विदेश भासिएका क्षमतावान् व्यक्तिलाई फर्काएर देश विकासमा लगाउनः१५ वर्षमा विश्वको १५ आंै धनी र शक्तिशाली देश बनाउनसरकारी जग्गा र सम्पत्ति आफ्नो बनाई भोगचलन गर्नेको सर्वश्वहरणसहित आजीवन कारावास गर्नसेटिङ मिलाएर घुस खाने र जनता ठग्नेलाई जेल हालेर कोर्रा हान्नेः छाडातन्त्र खतम गर्न कोर्रा सिस्टम लागू गर्न अनुदान र ऋण नलिने जस्ता कार्यहरुका लागि आफुलाई भोट दिन प्रसाईंले आम मतदाताहरु समक्ष हार्दिक अपिल गरेका छन् ।
संघीए गणतन्त्र नेपालको गाणतान्त्रिक संबिधान २०७४ सर्व स्विकार्य नभएको भन्दै केही मधेसकेन्द्रित दलहरुको फरकमत रहेता पनि जनस्तरमा बिबादित् बिषयहरु धर्मनिरपेक्षता, राज संस्था जस्ता बिषयहरु थाति राखेरै भएपनि नेपालले गाण्तन्त्रको स्थापना पछि दोश्रोपटक आम निर्वाचन गर्दैछ ।देशको राजनैतिक ईतिहाँसको कालखण्डमा व्यवस्था परिवर्तन भएता पनि जनताको अवस्थामा तात्विक परिवर्तन नआएको भन्दै जनताहरु निरास छन् । देशमा बढेको भ्रष्टाचार, महंगि, दण्डहिनता,अराजकता, जस्ता बिषयहरु एका तिर छन् भने देशकै राष्ट्रिय अखण्डता तथा सार्वभौमसत्तामा आँच पुग्नेगरि भारतले कालापानि, लिपुलेक र लिम्पििया धुरालाई आफ्नो भुभागदावि गर्दै नक्सामा समेत पारेपछि देशको राष्ट्रिय अखण्डता तथा सार्वभौमसत्तामा हस्तक्षेप भएको भन्दै देश दौडाहा गर्नै व्यक्ति हुन् राष्ट्रवादि व्यक्ति पुण्य प्रसाद् प्रसाई ।
आसन्न आम निर्वाचन २०७९मा काठमाण्डौ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २मा प्रतिनिधि सभासदस्यको प्रत्यासि उम्मेदवारकोरुपमा चुनावि मैदानमा उत्रिएका प्रसाई लेखक, तथा राजनितिज्ञ हुन् ।काठमाण्डौ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २का स्थानिय बासिन्दा समेत रहेका पुण्य प्रसाद् प्रसाई लाई देशै भरिका नागरिकहरुमा आत्मसम्मानको जागरण ल्याउन महत्वपुर्ण भुमिका खेलेको श्रेय जान्छ ।
परम्परागत तथा पुराना राजनैतिक दलहरुप्रति तिब्र घृणा तथा अविस्वास पैदा भईरहेका बेला गत बैसाखमा भएको स्थानियतह निर्वाचनमा देशैभरी स्वतन्त्र तथा नयाँ अनुहारले बिजय हासिल गरेसंगै यस पटक जनता परिवर्तनको परक्षमा रहेको स्पष्ट संकेतका विच एक आशाको किरणको रुपमा पुण्य प्रसाद् प्रसाई को राजनितिमा उदय भएको छ ।
स्पस्ट छ अब पुराना राजनैतिक दलहरुले जनबिश्वास गुमाईसकेका छन् ।
महज १९ बर्षको उमेरमा उपन्यास लेखेर बौद्धिक जगतमा चर्चामा आएका पुण्य प्रसाद् प्रसाई ले १०० भन्दा बढि पुस्तकहरु लेखेर नेपाली साहित्य लाई गुण लगाएका छन् ।
उनका एस आई क्यान, यस आई क्यान (सेल्फहेल्प बुक), ३. हजार आशाहरु (कथासङ्ग्रह), ४. ई पसिना बगाउने बिम्बहरु र चराहरु निषेध मान्दैनन् (कवितासङ्ग्रह थान २), ५. बुद्धहरु युद्ध माग्दैनन् (खण्डकाव्य), ६. कथा हजुरआमाको (नाटक), ७. विशाल नेपाल (महाकाव्य, २०७७), ८. सिद्धार्थ गौतम बुद्ध (महाकाव्य, २०७९), ९. गौतम बुद्ध –जीवन र दर्शन) गोरे भालुको हिउँको घर (बाल चर्चित कृतिहरु हुन् ।सचेत नेपालि पार्टिका केन्द्रिय अध्यक्ष समेत रहेका पुण्य प्रसाद् प्रसाईको उम्मेदवारीलाई अर्थपुर्णरुपमा हेरिएको छ ।
कखमा बालक लिएकि आमा चुनाव चिन्ह लिई चुनावि मैदानमा उत्रिएका पुण्य प्रसाद् प्रसाई सर्वपहिचानवाद, नागरिक समाजवाद, न्यायिक समतावाद, अन्त्योदयको सिद्धान्तमा विश्वास राख्दछन् ।
शक्तिशाली सेना खुसी नागरिक, ऋणमुक्त देश सम्मानित नेपाली, नागरिक समाजवाद, न्यायिक समतावादी विश्व व्यवस्थाको लक्ष्य निर्धारण गरि नेपालि राजनितिमा होमिएका पुण्य प्रसाद् प्रसाइ कानुनी राज्य र सिस्टम पालनामा कडाई, भ्रष्ट, बलात्कारी र वखण्डनकारीलाई कठोर कोर्रा सिस्टम र सर्वश्वहरण गर्नै प्रतिबद्धता सहित जनताकाृ घरदैलोमा पुग्दैछन् ।
कागेश्वरी मनोहरा नगरपालिका, वडा नम्बर ८ गोठाटार तेजविनायक (काठमाण्डौ क्षेत्र नम्बर २) स्थायी बासिन्दा पुण्य प्रसाद् प्रसाद प्रसाई कानुन, समाजशास्त्र स्नातकोत्तर हुन् ।सडकको संघर्ष सदनबाट अघि बढाउँदै देशकै नेतृत्व गर्छु भन्दै चुनावि मैदानमा होमिएका प्रसाई प्रेरक लेखक, राजनितिज्ञ, डिकुरा पब्लिकेसन तथा ईन्भेष्टमेन्ट ग्रुपका प्रमुख समेत हुन् ।तपाईं जे सोच्नु हुन्छ त्यो प्राप्त गर्ने बाटो पनि हुन्छ, बाटो अगाडि छैन भनेर नरोकिनुस् । पछाडि फर्किनुस्, तपाईंलाई सफलतामा पुर्याउने बाटो पछाडि हुनसक्छ । बाटो दायाँ, बायाँ वा माथि पनि हुनसक्छ । हिम्मत नहार्नुस्, हिंड्नुस् हिंडिरहनुस्, हिंड्नेहरु एकदिन अवश्य पुग्छन् । खोज्नुस्, खोज्नेहरुले एक दिन अवश्य भेट्छन् , भन्ने प्रेरणा दिने पुण्य प्रसाद् प्रसाई पिता डिल्लि प्रसाद् प्रसाई र माता डिकुरा प्रसाईंका कान्छा छोरा हुन् ।तपाई गर्न सक्नुहुन्छ म गर्न सक्छु, हामी मिलेर महान् गर्न सक्छौं । अब तपाईं र म एकअर्कालाई विश्वास गरेर अघि बढौं, लक्ष्य प्राप्त हुन्छ । नेपाल फेरि महान् बन्छ । भन्ने कुरालाई जीवनको आदर्श मान्छन् प्रसाई । कठोर संघर्षको बाटो हिंडे जस्तोसुकै असंभव किल्लामा पनि बिजय हासिल गर्न सकिन्छ भन्ने दृढ निस्चयी प्रसाई “परिष्कृत आधुनिकतावाद”का प्रबर्तक पनि हुन् ।राष्ट्रियताको लागि गोली खान तयार प्रसाई राजनैतिक आन्दोलनको नेतृत्व गरेवापत पटक पटक हिरासतमा यातना पाएका ब्यक्ति हुन् । जनताको जनजिबिकाको सवलामा सदैब बोल्ने राष्टाबदि छबि बनाएका प्रसाई २१ दिन विराटनगर जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेर २०४७मा प्रजातन्त्र आएपछि हिरासत मुक्त भएका थिए । ०६२, ०६३ को जन आन्दोलनमा पनि उनी ‘पर्चा कविता आन्दोलन’को सिलसिलामा रत्नपार्कमा निषेधाज्ञा उल्लंघन गर्दै प्रहरीहरुलाई नै ‘चराहरु निषेध मान्दैनन्’ भन्ने पर्चा कविता सुनाउन थालेपछि पक्राउ परेका थिए ।