
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले इजिप्टको राजधानी कायरोमा विदेश मामिला, युरोपेली संघ र स्पेनका सहयोग मन्त्री जोसे मानुएल अल्बारेससँग गाजा पट्टीको पछिल्लो घटनाक्रमबारे छलफल गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयकाअनुसार दुवै पक्षले घेरामा परेको एन्क्लेभमा, विशेष गरी दक्षिणी गाजान शहर रफाहमा इजरायलको सैन्य वृद्धिलाई अस्वीकार गरेको कुरालाई जोड एिका थिए । उनीहरूले आफ्नो भूमि बाहिर प्यालेस्टाइनीहरूको विस्थापनको बिरोध गरे । वार्ताको क्रममा दुवै पक्षले गाजामा तत्काल युद्धविरामको आवश्यकता र एन्क्लेभमा पर्याप्त मात्रामा मानवीय राहत पु¥याउन सहजीकरण गर्न जोड दिए । उनीहरूले प्यालेस्टिनी राज्यको विश्वव्यापी मान्यतालाई अगाडि बढाउन ठोस कदम चाल्न र संयुक्त राष्ट्र संघमा यसको पूर्ण सदस्यतालाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।




























