काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको आइतबार निधन भएको छ ।राष्ट्रपतीय जिम्मेवारी पछि पनि उनी अन्तर्राष्ट्रिय राजनीतिमा उक्तिकै सत्रिय रहे ।अमेरिकी उनी सय वर्षका थिए । उनको आफ्नै निवासमा निधन भएको हो । अमेरिकी राष्ट्रपतिको इतिहासमा कार्टर सबैभन्दा बढी बाँच्नेमा पर्छन् ।पछिल्लो समय उनको स्वास्थ्य स्थिति राम्रो थिएन् र विभिन्न उमेरसँग सम्बन्धित रोगबाट ग्रसित थिए । उनी सन् १९७७ देखि १९८१ सम्म अमेरिकामा राष्ट्रपति थिए । उनी अमेरिकी ३९ औं राष्ट्रपति थिए । उनले डेमोक्रेटिक पार्टीबाट चुनाव लड्नै राष्ट्रपति पद जितेका थिए । यसक्रममा उनले रिपब्लिकन प्रतिद्वन्द्वी जेरार्ड फोर्डलाई पराजित गरेका थिए ।वर्तमान राष्ट्रपति बो बाइडेनले शोक व्यक्त गर्दै भनेका छन्, ‘हामी सबैले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी गुमाएको छ ।’ चाँडै राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने क्रममा रहेका डोनाल्ड ट्रम्पले पनि कार्टरको निधनमा शोक व्यक्त गरेका छन् ।सन् २००२ मा उनलाई नोबल शान्ति पुरस्कार पनि प्रदान गरिएको थियो । सन् १९७८ मा इजरायल र इजिप्टबीचको क्याम्प डेविड सम्झौता गर्न मध्यस्तता गरे वापत उनलाई यो पुरस्कार प्रदान गरिएको थियो । कार्टरले सन् २०१३ मा नेपालको पनि भ्रमण गरेका थिए । उनले त्यति बेला एक साता नेपालमा बिताएका थिए ।