
काठमाडौं । टर्कीको संसद्मा बुधबार सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच कुटाकुट भएको छ ।विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै झगडा र कुटपिट भएको हो । विपक्षी सांसदले राष्ट्रपति रेसेप तैयप एर्दोगानले न्याय मन्त्रालयको जिम्मेवारी दिएका विवादास्पद इस्तानबुलका मुख्य अभियोजक अकिन गुरलेकलाई संसद्मा शपथग्रहण गर्नबाट रोक्ने प्रयास गरेका थिए ।तनाव बढ्दै जाँदा सांसदहरूले एकार्कालाई धकेलिरहेको देखिएको थियो । केहीले मुक्का पनि हानेका थिए ।इस्तानबुलका मुख्य अभियोजकका रूपमा गुरलेकले मुख्य विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी)का धेरै सदस्यमाथि मुद्दाको नेतृत्व गरेका थिए । ती मुद्दालाई विपक्षीले राजनीतिक प्रेरित भन्दै लामो समयदेखि निन्दा गर्दै आएका छन् ।




























