
काठमाडौं । केही प्रतिनिधि सभाका सदस्यले नेपाली सेनाको संख्या घटाउँनु पर्ने बताउदै गर्दा सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले उनीहरु सुगा मात्र रहेको र अमेरिका र भारत गुप्तचरको ईसारामा त्यस्तो बोलेको खुलासा गरेका छन् । ति सांसदहरुले आफ्नो आफै नभई विदेसीले सिकाएपछि नेपाली सेनाको संख्या घटाउँनुपर्ने कुरा उठाएको उनले बताए ।
सुनियोजित र योजनाबद्ध तरिकाले सेनाको संख्या घटाएर नेपालको एक मात्र संगठित संस्था नेपाली सेनालाई कमजोर बनाउँने उदेश्यले यस्तो कुरा आइरहेको उनले बताए । सिक्किमकरणको उदाहरण दिदै अध्यक्ष प्रसाईले नेपाली दलाल नेताका कारण नेपाललाई कमजोर बनाएर नेपाललाई कब्जा गरेर तिब्बत हुँदै चीनलाई घेर्ने रणनीति अनुसार नेताहरुले विदेशीको दलाल बनेर सेना घटाउँने कुरा उठाएको दावी उनले गरेका छन् ।https://www.youtube.com/watch?v=-kluiO1P7CQ
शान्ति मिसनमा प्रभावकारी प्रदर्शन गर्दै आएको नेपाली सेनालाई ध्वस्त नबनाए सम्म नेपाललाई कब्जा गर्न नसकिने विश्लेषणका आधारमा उनीहरुले नेपाली सेनाको संख्या घटाउनुपर्ने तर्क गरिरहेको उनले बताए । नेपाललाई कमाजोर बनाएर युक्रेन भन्दा नि खतरनाक अवस्थामा पुर्याउने काम भईरहेको उनले बताए । अहिले नेपाली सेनाको संख्या घटाउने कुरा गरिरहेका नेताहरुले पछि नेपाली सेनाको संस्था नै विघटन गर्नुपर्ने आवाज समेत उठाउँने दावी प्रसाईको छ ।




























