
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले छुट्टै आईटी आर्मी अर्ध सैनिक बल निर्माण गरेकोछ । यही पुष १४ गते आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित आईटी आर्मीको राष्ट्रिय भेला सहित शुरू भएको सैनिक तालिम अहिले निरन्तर जारी छ । एक सातासम्म चलने उक्त तालिममा देशभरीका हजारौं युवाहरु सहभागी छन । रौतहटको मौलापुरमा भईरहेको उक्त तालिममा आईटी सम्बन्धी प्रशिक्षण देखी सैनिक अभ्यास समेत गराईएको छ । आईटी आर्मीको प्रदेश अध्यक्ष बालाशंकर कुशवाहाले अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटी सम्बन्धी तालिम अत्यावश्यक रहेको बताए । किनकी आईटी बिना देशको बिकास सम्भव छैन ।बैदेशिक रोजगारीमा भईरहेको ठगी रोक्न, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भईसकेकोले यो तालिम गर्न लागेको उनले बताए । यो तालिम पछी आईटी आर्मीका युवाहरुले देशमा बढ़दो संकट रोक्न सकारात्मक योगदान गर्ने उनले बताए । आजपाले अहिलेको व्यवस्था असफल भैसकेको घोषणा गर्दै देशलाई संकटबाट बचाऊन तत्काल अन्तरिम सरकार गठनको माग गर्दै आएको छ । आजपाका अध्यक्ष प्रभु साहले तत्काल अन्तरिम सरकार गठनमा सुरक्षा निकायको भुमिका सहयोगी हुने बताए । यदि सुरक्षा अधिकारीहरु देशको संकटबारे चिन्तित भएन र पार्टीको लुटतन्त्रलाई चोखयाउन नै लागे भने अब आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने उनले जनाएका छन् ।‘ढिलो चाँडो नेपाली सेनाका जवानहरुले बूझनेछन र देश निकासको लागि आईटी आर्मीसंग सहकार्य गर्नेछ । यही तरिकाले अब देश अघि बढ्न सक्दैन्, आईटी आर्मीले देशको निकासमा बिशेष सहयोगी भुमिका खेलने पक्का छ´ साहले भने । उनले अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरेका छन् । मुलुकमा देखिएको समस्या समाधान र समृद्धिका लागि अहिलेको सरकार विघटन गरि अन्तरिम सरकार गठन गर्नुपर्ने उनले जनाएका छन् ।




























