
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले आफुमाथि लागेका आरोपमा बारेमा आफुले बोल्न पाउनुपर्ने अडान कायमै राख्नुभएको छ ।सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओलीसंगको छलफलका क्रममा लामिछानले कांग्रेसले सहकारी प्रकरणमा आफुमाथि लगातार आरोप लगाएकाले आफुले संसदबाट त्यसको जवाफ दिन पाउनुपर्ने अडान राख्नुभएको हो ।बैठकमा कांग्रेसले संसदीय छानविन समिति माग गरेको अवस्थामा मंगलबारको बैठक कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको थियो । छलफलका क्रममा लामिछानले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विरोध गरे आफुले पनि बोल्न पाउनुपर्ने अडान राख्ने बताउनुभयो ।छलफलपछि लामिछानेले आफूमाथि निरन्तर आरोप लागेपछि एकपल्ट जवाफ दिन पाउनुपर्ने बताउनुभयो । सदनमा जवाफ दिन पाउने आफ्नो अधिकार भएकाले कसैले खोस्न नमिल्ने उहाको भनाइ छ । लामिछानले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन कांग्रेसले संयम अपनाउनुपर्ने सुझाव दिनुभयो ।छलफलका क्रममा प्रधानमन्त्रीले सदनलाई सहज रुपमा अघि बढाउन कांग्रेससंग छलफल गर्ने बताउनुभएको थियो ।




























