
काठमाडौं ।नेपाली कांग्रेसका नेता एनपी साउदले राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा साउदले राजनीतिक भागबण्डका आधारमा राजदूत नियुक्त गर्ने र दलहरुले आवेदन नै निकाल्नेजस्ता कामले राजदूत नियुक्तिमा प्रश्न उढ्ने भन्दै राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सरकारले कुनै जानकारी नदिइ राजदूत फिर्ता बोलाउनुले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको उहाले बताउनुभयो । उहाले राजदूत फिर्ताको निर्णय फिर्ता लिन माग समेत गर्नुभयो । त्यस्तै उहाले बीआरआईमा अनुदानलाई स्वीकार गर्नुपर्ने भन्दै बजारको सुनिश्चितता नभएसम्म ठूला परियोजनाहरुलाई ऋणका आधारमा अघि बढाउन नहुने धारणा राख्नुभयो ।उहाले एडीबी, वल्र्ड बैंककै ब्याजदरमा ऋण लिने बिषयमा प्रधानमन्त्रीले सदनलाई विश्वासमा लिनुपर्ने र राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो ।




























