
परराष्ट्रमन्त्री आरजु राणाले रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि निरन्तर कुटनीतिक पहल भइरहेको जानकारी दिनुभएको छ ।बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा ज्यान गुमाएकाको संख्या ३४ जना रहेको र युक्रेनमा ६ जना बन्दी रहेको जानकारी दिनुभयो । उहाले रुसी सेनामा रहेका अन्य नेपालीलाई छिटो स्वदेश फर्काउनका लागि कुटनीतिक पहल भइरहेको बताउनुभयो ।युक्रेन–रुसमा क्रममा बन्दी बनाइएका मध्ये एक जनालाई एक्सचेन्ज लिष्टमा राखिसकेको उहाले जानकारी दिनुभयो । मन्त्री राणाले बेपत्ता भएका विपिन जोशीको सम्बन्धमा उद्दारका लागि नेपाल सरकारले निरन्तर कुटनीतिक पहल गरिरहेको बताउनुभयो ।उहाले बंगलादेशको हिंसाका कारण समस्यमा परेका नेपालीहरुलाई समयमा नै उद्दार गर्न सफल भएको धारणा राख्नुभयो । हालसम्म बंगलादेशबाट करिव १७ सय नेपाली विद्यार्थीहरु फर्किसकेको उहाको भनाइ छ । बाइट..........त्यस्तै परराष्ट्रमन्त्री राणाले बीआरआइ परियोजनाको कार्यान्वयनका बिषयमा छलफल हुन बाँकी रहेको जानकारी दिदै देशको हितमा मोडालिटी तय गर्दै आवश्यक निर्णय लिइने धारणा राख्नुभयो ।




























