
काठमाडौँ । नेपाली कांग्रेसले राजीनामा दिएर छानविनका लागि मार्गप्रसस्त गर्न उपसभामुखलाई आग्रह गरेको छ ।पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले बिभिन्न व्यक्तिको नाम उल्लेख गरेर अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मितिका लागि पत्र लेख्ने कामले सदनको शिर निहुराएको भन्दै राजीनामा दिन आग्रह गरेको हो ।बैठकपछि कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो । यस बिषयमा सत्तारुढ दल र संसदीय दलको बैठक बसेर थप निष्कर्षमा पुग्ने उहाले बताउनुभयो ।त्यस्तै उहाले सहकारी प्रकरणमा उपसभापति धनराज गुरुङमाथि छानबिन गराउन तयार रहेको भन्दै दोषी भए कारवाही हुनुपर्नेमा पार्टी स्पष्ट रहेको धारणा राख्नुभयो ।उहाले कानूनी रुपमा सम्बन्धबिच्छेद भएपछि त्यसमा वहस गर्न आवश्यक नरहेको उल्लेख गर्नुभयो । उपसभापति आफैंले छानबिनको लागि तयार रहेको धारणा राखिसकेको अवस्थामा यसलाई पार्टीले छानविनलाई सहज रुपमा लिने उहाको भनाइ छ ।




























