
काठमाडौं | गत भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ । आयोगले मंगलबार पत्र पठाउँदै शुक्रबार उपस्थित हुन आग्रह गरेको जनाएको छ । पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ ।आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान लिने प्रक्रिया सकिएपछि आयोगले राजनीतिक नेतृत्वको बयान लिन सुरु गरेको जनाएको छ। यसैक्रममा पूर्वगृहमन्त्री लेखकलाई पत्र पठाइएको हो।यस क्रममा आयोगको सुरुमा तोकिएको तीन महिनाको समय सकिएपछि एक महिना थप गरिएको छ । जस अनुसार आयोगको म्याद माघ ९ गतेसम्म रहेको छ ।लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आयोगले बयानका लागि झिकाउन पत्र काट्ने तयारी गरिरहेको छ ।




























