
अर्थमन्त्री वर्षमान पुनले जनतामा आशा जगाउने गरि आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री पुनले निजि क्षेत्रको मनोबल बढाउने र जनतामा पनि आशा जगाउने गरि बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको हो । बजेटलाई परिणाममूखी बनाउनका लाथि प्राय सवै क्षेत्रसंग छलफल गरिरहेको उहाले बताउनुभयो । उहाले गतबर्षभन्दा मुलुकको अर्थतन्त्र केहि राम्रो भएपछि थप राम्रो बनाउनका लागि आशावादी ढंगले नै बजेट निर्माण भइरहेको धारणा राख्नुभयो ।अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोवल घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिने र सम्पत्ति र व्यवसायको सुरक्षालाई सरकारबाट विश्वास दिलाउन प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । उहाले सरकारको नीतिबाट बाहिर राष्ट्र बैंक नहुने भन्दै नीति तथा कार्यक्रम , बजेट र मौद्रीक नीतिमा एकरुपता ल्याउने बताउनुभयो । उहाले विद्युतिय सवारी साधानमा कर बढाउन दवाव आइरहेको र इभिका कारण ४० अर्व गुमेपनि यसबारे अध्ययन गरेर देशका हितमा आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।उहाले केहि क्षेत्रमा रिफर्मको माग पनि आएको भन्दै केहि क्षेत्रलाई भने बजेटले बिशेष प्राथमिकता दिने संकेत गर्नुभयो । मन्त्री पुनले आर्थिक गतिविधिलाई चलायमान गर्न नै सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभयो ।




























