रोशन घर्ती मगर । स्थानिय तहको निर्वाचन भएसंगै धमाधम मत परिमाण आईरहेका छन् । देशभरका ६ महानगरपालिका छन् जसमा एमालेको अग्रता शुन्य छ । जबकी यसअघिको २०७४ को चुनावमा काठमाडौं र पोखरा महानगरपालिकामा जित निकालेको थियो । काठमाडौंमा एमालेले मेयर पदको प्रत्यासीमा केशव स्थापितलाई अघि सार्दा उनले जित्ने आँकलन गरिदैँ आएको थियो । यस्तै पोखरामा पनि माधव नेपालको पार्टीबाट उम्मेदवार अगाडी सार्दा जित्ने आँकलन देखाएको तर दुवै ठाउँमा विवादित उम्मेदवार उठाएकै कारण उसले हार ब्यहोर्नुपरेको विश्लेषकको तर्क छ । काठमाडौंमा पनि एमालेले केशव स्थापितलाई भोट दिएनन् ।०७४को चुनावमा उनै केशव स्थापितले विद्या सुन्दर शाक्यलाई जिताएका थिए । कांग्रेसबाट राजु राज जोशीले ४५२६९ मत ल्याउँदा विद्या सुन्दर शाक्यले ६४९१३ मतले विजयी भएका थिए । हालको चुनावी नतिजा हेर्दा स्वतन्त्रबाट वालेन्द्र साहले १०,८९९ मतले अग्रता कायम राख्दा नेकपा एमालेबाट केशव स्थापित ५,८४१ मतमात्रै पाएका छन् ।यस्तै ०७४मा जित निकालेको पोखरा महानगरपालिकामा पनि धनराज आचार्य नेकपा एकीकृत समाजवादी ९,१६५ अग्रता कायम राखेका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापा नेकपा एमाले ७,७१४ मत पाएका छन् ।यस्तै ३०० मतको झिनो मतले विजयी भएका नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ७,७०२ मत पाउँदा ०७४ कै प्रतिस्पर्धी नेकपा एमाले हरिकृष्ण ब्यञ्जनकार ३,३७४ मत पाएका छन् । चिरीबाबु महर्जन ४४०० मतले हरिकृष्ण ब्यञ्जनकारलाई पछाडी पारेका छन् ।विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता बढाएका छन् । उनले नेकपा एमालेका उम्मेदवार सागर थापासँग २ हजार ३३३ मतको अग्रता लिएका छन् ।२८ हजार ८९ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले ९ हजार मत पाएका छन् । एमाले उम्मेदवार सागर थापाले ६ हजार ६६७ मत पाएका छन्चितवनको भरतपुरमहानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् । वडा नम्बर ५ को मतगणना जारी रहँदा उनी ९२ मतले अगाडि रहेकी हुन् ।१८ हजार ५८३ मत गणना सकिँदा रेनुले ६ हजार २०७ र उनलाई पछ्याइरहेका एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीले ६ हजार ११५ मत प्राप्त गरेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३३ मत ल्याएका छन् ।मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनानुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ४२११ मतान्तरले अग्रतालाई निरन्तरता दिएका छन् ।सिंहले ७,३२० मतसहित अग्रता कायम गरेका हुन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले ३,१०९ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।हालसम्मको मतान्तर हेर्दा कुनै पनि महानगरबाट एमालेले जित निकाल्न सक्ने देखिदैन् ।