नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउन प्रमुख दलबीच भएको सहमति अनुमोदन गरेको छ ।संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दल बैठकले दलहरुबीच भएको सहमति निष्कर्षउन्मुख सहमति भएको ठहर गर्दै त्यसलाई अनुमोदन गर्ने निर्णय गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाले समिति गठनले अन्तिम रुप पाएपछि समितिमा रहने सदस्यको नाम कांग्रेसले दिने बताउनुभयो ।प्रतिनिधिसभा बैठकमा कार्यादेशसहितको सहमति बैठकबाट पारित हुने गरि प्रस्तुत गरिएको उहाको भनाइ छ ।