उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उहाले विद्यमान ऐनकानुनका कारण विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको हो ।उहाले मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीतिनियम सच्चाउन समेत निर्देशन दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कुनै कानुन, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन आग्रह गर्दै गृहमन्त्री लामिछानले कानुनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ स्वीकृत गरेको छ ।