
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्क भन्दा बढी लिन नपाउने निर्णय गरिएको छ ।बढी शुल्क लिएको गुनासो आएपछि क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले २०० रुपैयाँभन्दा बढी लिन नपाउने निर्णय गरेको हो । समितिका संयोजक महामन्त्री गगन थापा रहेका छन्। समितिका केन्द्रीय सदस्यहरूमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) रहेका छन्।
विगतमा नवीकरणको क्रममा कतिपय स्थानमा नियमावलीमा तोकिएको रकम भन्दा बढी लिने गरिएको थियो । पार्टीले तोकेको शुल्क अनुसार प्रत्येक वर्ष नवीकरण गर्दा बुझाउनुपर्ने रकम दुई सय रुपैयाँ हो ।बैठकले क्रियाशील सदस्यताको कार्ड अपुग भएका जिल्लाहरू डोल्पा, मुस्ताङ, बारा, अर्घाखाँची लगायतका जिल्लामा थप पठाउने निर्णय भएको छ ।सदस्यता व्यवस्थापन समितिले विदेशस्थित सबै ३६ वटा जनसम्पर्क समितिलाई नवीकरण कार्ड वितरण गर्ने निर्णय लिएको छ ।




























