
काठमाडौं : विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता 2026 FIFA World Cup आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। United States, Mexico र Canada ले संयुक्त रूपमा आयोजना गरेको यो संस्करण विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा हेरिएको छ।यसपटक विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहेको छ। जुलाई १९ सम्म सञ्चालन हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्। साविक विजेता Argentina सँगै Brazil, France र Germany उपाधिका प्रमुख दाबेदार टोलीका रूपमा हेरिएका छन्।प्रतियोगिताको उद्घाटन खेल मेक्सिकोको प्रतिष्ठित Estadio Azteca मा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। नेपाली समयअनुसार उक्त खेल मध्यराति १२:४५ बजे सुरु हुनेछ।विश्वभरका फुटबल समर्थकहरू आ–आफ्नो मनपर्ने टोलीको जर्सी लगाएर फुटबल महाकुम्भको उत्सवमा सहभागी भइरहेका छन्। यस संस्करणको विश्वकप विश्वको कुल जनसंख्याको करिब ५८ प्रतिशतले प्रत्यक्ष वा विभिन्न माध्यमबाट अवलोकन गर्ने अनुमान गरिएको छ।प्रतियोगिताको फाइनल खेल जुलाई १९ मा अमेरिकाको न्यूयोर्कमा आयोजना हुनेछ। फाइनलसँगै एक महिनाभन्दा लामो फुटबल महोत्सवको औपचारिक समापन हुनेछ।



























