
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ।समितिको सभाकक्षमा सोमबार बिहान १० बजे बस्ने बैठकमा चिनीको सहज आपूर्ति तथा बजारमा देखिएको अवस्थाबारे सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ।बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र मन्त्रालयका सचिवलाई समेत आमन्त्रण गरिएको समितिले जनाएको छ। छलफलमा चिनीको आपूर्ति सहज बनाउने, बजारमा अभाव हुन नदिने तथा उपभोक्तालाई उचित मूल्यमा उपलब्ध गराउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


























