
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले प्राकृतिक प्रकोपबाट नागरिकको जनधन जोगाउने बिषय राज्यको अनिवार्य दायित्व भएको बताउनुभएको छ ।शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाले प्राकृतिक प्रकोप र क्षतिको न्यूनिकरण गर्न बजेटको कमि हुन नदिने समेत बताउनुभयो । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन र उपकरण खरिद प्रक्रियालाई सरलीकृत गर्नका लागि सहज कानूनी व्यवस्था हुनुपर्ने उहाले बताउनुभयो । विपद् र जोखिम न्यूनीकरणका लागि एकीकृत प्रणालीको अभ्यास गरिरहेको उहाले बताउनुभयो । उहाले नीतिगत व्यवस्थालाई बलियो बनाउनका समिति लगाएत सरोकारवाला निकायले समेत पहल गर्नुपर्नेमा जोड दिनुभयो ।त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बिपद न्युनिकरण गर्नका लागि पटक पटक छलफल गरेर आवश्यक सामाग्री जोखिमयुक्त पालीकामा पठाइएको धारणा राख्नुभयो । वन डेडेलो नियन्त्रणका लागि दमकलमात्रै प्रभावकारी नहुने भएकाले हाते उपकरण खरिद गर्नुपर्ने उहाले बताउनुभयो । उहाले अहिले देशभर प्रयाप्त संख्यामा दमकल समेत नरहेको बताउनुभयो ।बैठकमा समिति सदस्यहरुले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राज्यले समयमा नै पूर्ण तयारी गर्नुपर्ने बताएका थिए । उनीहरुले वन डडेलोलाई नियन्त्रणमा लिन गम्भीरतापूर्वक काम गर्न पनि सरकारलाई सुझाव दिएका छन् । गृहमन्त्रालयका अनुसार पछिल्लो एक बर्षमा आगलागी र डेडेलोका कारण २६ जनाले ज्यान गुमाएका छन् ।




























