जापानका विदेश मन्त्री खामिखावा योकोले काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको छ ।नेपाल आएपछि उहा दिउसो वसन्तपुर क्षेत्रमा पुग्नुभएको थियो । उहाँले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताउनुभएको थियो । अवलोकनपछि उहाँले बुद्धको मूर्ति खरिद गर्नुभयो । उहाँका साथमा नेपालका लागि जापानी राजदूत किकुता युताकालगायत हुनुहुन्थ्यो । जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो ।