
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ११.७७ अंकले वृद्धि हुँदै २,६२९.८१ विन्दुमा पुगेर बन्द भएको हो।आज ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँ बराबरको कारोबार भएको छ।कारोबार भएका अधिकांश क्षेत्रका शेयर मूल्य बढेका छन्। निर्जीवन बीमा समूहबाहेक सबै क्षेत्रको शेयर मूल्यमा वृद्धि भएको छ।आज नेपाल ल्युब आयलको शेयर मूल्य सर्वाधिक १२.४७ प्रतिशत बढेको छ। त्यस्तै सोनापुर मिनरल्सको शेयर मूल्य ७.६५ प्रतिशत बढेको छ।यता मिड सोलु हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ११.५८ प्रतिशतले घटेको छ।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ। कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।



























