
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक बर्षको बजेट पुनर्लेखन गर्न सरकारलाई सुझाव दिएको छ ।बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले बजेटप्रति चौतर्फी असन्तुष्टि देखापरेको भन्दै बजेट पुनर्लेखन गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो । उहाले बजेटमा देखिएको असन्तुष्टि नसच्चाए सरकारको बारेमा जनताको धारणा राम्रो नहुने जिकिर गर्नुभयो । मन्त्रालयगत छलफलका क्रममा बजेट पुस्तीका च्यात्ने, रोष्टममा मौन बस्ने लगाएतका क्रियाकलाप निकै लज्जास्पद भएको उहाको भनाइ छ ।उहाले सुदूरपश्चिम लगाएत पुरै देशभर बिनियोजन गरिएको बजेटमा कुनै सांसदले पनि चित्त बुझाउन नसकेको धारणा राख्नुभयो ।




























