
काठमाडौं। सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार पुगेको हो।यस अघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४०० मा कारोबार भएको थियो।आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर २ हजार १ सय रुपैयाँ कायम भएको छ। यो चाँदीको हालसम्मकै उच्च भाउ हो। हिजो चाँदी तोलाको २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो।




























