
काठमाण्डौ | नेकपा एमालेका सांसद ठाकुर गैरेले तत्काल नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको छ ।सोमबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा उहाले मुलक प्राकृतिक प्रकोपको बिपतीमा परेको भन्दै मुलुकको समस्या समाधानका लागि नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन अनुरोध गर्नुभएको हो । उहाले लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि एक सेकेण्डपनि सरकारका बस्ने नैतिक आधार नरहने धारणा राख्नुभयो । उहाले वर्ष शुुरु भएको छोटो समयमा नै ठूलो जनधनको क्षति भएको र जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको बताउनुभयो ।त्यस्तै अर्का सांसद विद्या भट्टराईले प्राकृतिक प्रकोपबाट मुलुक अस्तव्यस्त हुदा पनि सरकार कहाँ छ भन्ने प्रश्न उठेको धारणा राख्नुभयो । उहाले नागरिकको समस्या समाधानका लािग पनि तत्काल नयाँ सरकार गठन हुनुपर्ने बताउनुभयो ।त्यस्तै सांसदहरुले बाढी पहिरोमा बेपत्ता भएकाहरूको खोजी, घाइतेको निःशुल्क उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनीहरुले बाढी पहिरोबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माण गर्दै सहज आवतजावतको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।




























