
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।शुक्रबार मोरङको बुढीगंगा गाँउपालिका वडा नंं. ७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिव दुई तिहाइ बहुमत रहेपनि सवैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताउनुभएको बताउनुभएको हो ।संविधान संसोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उहाले बताउनुभयो । कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन जटिल हुने उल्लेख गर्नुभयो ।उहाले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने जिकिर गर्नुभयो ।
नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बुढीगंगा गाँउपालिकाले मृगौला, मुटु तथा मधुमेह सम्बन्धि निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । नेता कोइरालाले विरामी जाँच गर्दै निशुल्क स्वास्थ्य शिविरको शुभारम्भ समेत गर्नुभयो ।




























