
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।असार ७ गतेदेखि सुरु भएको महाधिवेशनको पाँचौँ दिन प्रवेशसँगै असार ११ गते राति १२ बजेदेखि मतदान प्रक्रिया सुरु गरिएको हो ।स्रोतका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन कार्य राति साढे ११ बजे सम्पन्न भएपछि मतदान सुरु गरिएको थियो ।रास्वपाले महाधिवेशनमा स्वच्छ र प्रतिस्पर्धात्मक वातावरण कायम राखेको जनाएको छ । हालसम्म करिब १८ सय मत खसिसकेको बताइएको छ ।



























