
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उनलाई स्वागत गर्न कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरू विमानस्थल पुग्ने तयारीमा छन् ।स्वास्थ्य उपचारका लागि देउवा गत फागुन १३ गते सिंगापुर गएका थिए । सिंगापुरमा उपचारपछि थप उपचारका लागि चैत ७ गते हङकङ पुगेका उनी त्यसपछि थाइल्याण्ड हुँदै नेपाल फर्किन लागेका हुन् ।



























