
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।बैठकमा उक्त सम्झौताका विषयमा प्रतिनिधिसभामा सामान्य छलफल अघि बढाइनेछ ।



























