
काठमाडौं- सरकारले २०८०/०८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताइन् ।उनले भनिन्, ‘प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुनः संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण वएमएन स्वीकृति गर्ने । यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने ।
२०८०/०८१ को लागि गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा श्री महेश भट्टराईलाई तोक्ने ।’सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोकेको छ ।




























