रौतहट । रौतहटको धनसर–जंगलसैया-कटहरिया सडक कालोपत्रे भएको छ । रौतहट ३ का सांसद प्रभु साहले ‘सडक बढाओ–सडक बचाओ’ अभियान अन्तरगत सो सडक मुआब्जा र बजेट विना नै बर्षौ पहिले ट्याक खोलिएको थियो ।धनसर–जंगलसैया सडक १४ किलोमिटरको रहेको छ । यसमा १२ किलोमिटर जंगल रहेको छ । १२ मिटर चौडाईको यो सडकको ट्याक २०७५ सालमा खोलिएको थियो । वन कार्यालयको अनुमति विना नै १२ किलोमिटर सडक सर्वसधारणको सहयोगमा ट्याक खोल्ने काम भएको थियो ।ट्याक खोलेर ग्राभेल गरिएको सो सडक पाँच बर्ष पछि संसदीय रणनीतिक सडक योजना अन्तरगत दुई करोड लागतमा कालोपत्रे गरिएको छ । धनसर–जंगलसैया सडक हुदै रौतहटको दक्षिणी क्षेत्रमा रहेको कटहरिया, गरुडा, मौलापुर, गौरका साथै बिभिन्न ठाउँमा आउँजाउँ गर्न सजिलो हुने भएको छ ।आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका पूर्वमन्त्री साहको पहलमा धनसर–जंगलसैया सडक लगतात रौतहटमा ३ सय किलोमिटर भन्दा बढी सडक मुआब्जा र बजेट बिना नै निर्माण भएको छ । रौतहटमा विकास निर्माणको कार्यलाई लिएर प्रभु साहको देशैभरी मोडेलको रुपमा चित्रण गर्ने गरिएको छ ।रौतहटका गौरिशंकर साहले जिल्लामा भएको बिकासलाई सबैले बिना पूर्वाग्रह नमुनाको रूपमा प्रस्तुत गर्नसक्नुपर्ने बताउँछन् । ‘असम्भवलाई सम्भव तुल्याउने प्रभु साहको विशेषता हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ । रौतहट क्षेत्र नम्बर–३ मा मात्रै बिना बजेट बिना मुआब्जा झण्डै ३ सय किलोमिटर सडक निर्माण यसको उदाहरण हुन । यसको लागि माननिय प्रभु साहजीलाई जति सराहना गरे कम हुन्छ’ उनले भने ।काठमाडौं–तराई मधेस फास्ट ट्याकको निर्माण बर्षौदेखी भईरहेको छ । अर्बौ बजेट सकिसक्यो । कहिले वनको कारण त कहिले अदालतको मुद्धा त कहिले बजेटको अभाव लगायत बिभिन्न कारणले फास्ट ट्याकको काम अझै सम्पन्न भएको छैन् । तर धनसर जंगलसैया सडक बनाउँन बिना बजेट र बिना मुआब्जा सडक निर्माण हुनुले इच्छा शक्ति भए बिकास असम्भव नभएको साहले बताए ।देशमा अर्बौको बजेट भएर पनि बर्षौसम्म सड़क निर्माण हुन सकिरहेको छैन् । तर बिना बजेट रौतहटमा सयौ किलोमिटर सड़क निर्माण सहित कालोपत्रे भएको खबर देशबासीका लागि खुशीको खबर भएको उनले बताए ।‘जनप्रिय नेता प्रभु साहद्वारा संचालित सड़क बढ़ाओ–सड़क बचाओ अभियान अन्तर्गत आज भन्दा पाँच वर्ष अगाड़ी बिना बजेट आम जनताको सहयोगमा निर्माण भएको धन्सर–जंगलसैया सड़कको आज कालोपत्रे सम्पन्न भएकोछ । पत्याउनै गार्हो हुने विधि र प्रक्रियामार्फत छोटो समयमा निर्माण भएको सड़क यति छोटो समयमा ट्रयाक देखि कालोपत्रेसम्म पुर्याउनु आफैमा आश्चर्यको कुरा हो । यहाँ कतिपय सडकमा राज्यको अर्बौ खर्च भईसक्दा समेत बन्न नसकेको अवस्थामा रौतहटबासीका लागि खुशीको बिषय भएको छ’ साहले भने ।