
काठमाण्डाै - न्युरोड क्षेत्रका कालोपत्र सडकमा आजदेखि गाडी पार्किङमा रोक लागेको छ ।काठमाण्डौ महानगरले काठमाण्डाै टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न रोक लगाएको हो ।महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाण्डाै टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे गाडी पार्किङ गर्न सकिने जानकारी दिनुभयो । उहाँले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिनुभयो ।उहाँकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा अब पार्किङ गर्न पाईंदैन । यसअघि झोँछे क्षेत्रमा गाडी पार्किङमा रोक लागिसकेको छ।




























