
नेपालले पाहुना टोली आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले हराउँदै दुई खेलको ट्वान्टी–२० श्रृंखलामा अग्रता बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमवार आयरल्याण्ड ‘ए’ ले दिएको एक सय २२ रनको सामान्य लक्ष्य नेपालले मात्र १६.१ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । नेपालको जित ओपनर कुशल भुर्तेलले अलराउण्ड प्रदर्शन गरे । सामान्य लक्ष्य पछ्याएको घरेलु टोलीको शुरुवात राम्रो हुन सकेन । ४.५ ओभरमा नेपाल ३७÷३ को अवस्थामा थियो । यद्यपि, ओपनर कुशल ३७ रनमा अविजित र सन्दीप जोराले ३६ रनको योगदान दिँदै जित दिलाए । कुशलले ३२ बलमा चार चौका हिर्काए । सन्दीपले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।अर्का ओपनर आसिफ शेख १६ रनमै पभेलियन फर्किए । त्यसपछि पनि नेपालले लगातार थप दुई विकेट गुमाउन पुग्यो । कप्तान रोहितकुमार पौडेल शुन्यमा र गुल्सन झा ४ रनमा आउट भएपछि नेपाल दबाबमा प¥यो । तर चौथो विकेटका लागि कुशल र सन्दीपले ५४ रनको साझेदारी गर्दै जिततर्पm उन्मुख गराए । दीपेन्द्रसिंह ऐरीले १२ बलमा दुई चौका र एक छक्कासहित अविजित २० रन जोड्दै २३ बल अगावै नेपालको जित सुरक्षित गराए । आयरल्याण्डका ग्यारेथ डेनलीले दुई विकेट तथा बेन ह्वाइट र थोमस मायसले समान एक विकेट लिए पनि घरेलु टोलीलाई चुनौती दिन सकेनन् ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा अलआउट हुनुअघि १२१ रन मात्र जोड्न सक्यो । खराब शुरुवात गरेको आयरल्याण्डका लागि ओपनर स्टेफन डोहेनीले ४६ रनबाहेक अन्यले उल्लेख्य रन बटुल्न सकेनन् । कुशलकै बलमा आउट हुनुअघि उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । त्यसबाहेक शिर्ष क्रममा सस्तैमा आउट भए । आयरल्याण्डले इनिङको दोस्रो बलमा नै ओपनर रोस एडेरलाई ४ रनमा नै गुमायो । त्यसपछि पाहुना टोलीले लगातार विकेट गुमायो ।
तल्लो क्रमका फिहोन ह्यान्डले ११ रन, थोमस र लियाम म्याकर्थीले समान १६ रनको योगदान दिएपछि आयरल्यान्डले मुस्किलले एक सय रनको आँकडा पार ग¥यो । नेपालको बलिङमा कुशल भुर्तेलसँगै ललितनारायण राजवंशी, गुल्सन झाले समान दुई विकेट तथा कुशल मल्ल र करण केसीले समान एक विकेट निकाल्दै पाहुना टोलीलाई सस्तैमा रोके । नेपालले दोस्रो खेल मंगलवार खेल्नेछ ।




























