
सहकारी ठगि प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।सहकारी ठगि प्रकरणमा गृहमन्त्रीको पनि संलग्नता रहको प्रमाण रहेकाले संसदीय समिति बनाएर नै छानविन गर्नुपर्ने भन्दै उनीहरुले बुधबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।उनीहरुले राज्यको मिलोमतोमा गृहमन्त्रीलाइ जोगाउन खोजेको आरोप समेत लगाएका छन् । प्रदर्शनमा सहभागीहरुले रवि दाई खै जिवि राई, सहकारी ठगि को प्रमाण यहाँ छ, सहकारी पिडितलाई न्याय दे लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।नेविसंघ केन्द्रीय सदस्य धर्मराज खनालले सहकारी प्रकरणमा अरवौ रकम हिनामिना भएको र त्यसमा गृहमन्त्रीको संलग्नता देखिएकाले छानविनका लागि दवाव दिन प्रदर्शन गरिएको बताउनुभयो । .त्यस्तै नेविसंघले गिरीबन्धु चिया बगानको जग्गाको पनि छानविन गर्न माग गरेको छ ।




























