चितवनका सहकारी पिडीतहरुले बिरोध र्याली निकालेका छन् ।सहकारी पिडीतहरुले सम्बन्धीत निकायलाई पटक पटक ध्यानाकर्षण गराउदा समेत सुनवाई नभए पछी बिरोधमा उत्रन परेको पिडीतहरुले बताएका छन् । चितवनका बिभिन्न सहकारी पिडीतहरुले सरकारका बिभिन्न निकायमा बचत फिर्ताको लागि पहल गरिन अनुरोध गर्दा समेत सहकारी संचालकहरुलाई पक्राउ गरेर कानुनी प्रकृया अगाडी बढेन नसकेको लगाएका छन् । चितवनका साहारा सहकारी, सनराईज सहकारी र शिब शिखर सहकारी लगाएत बिभिन्न सहकारी पिडीतहरुले र्याली निकालेका हुन् ।र्याली भरतपुरको चौबिस कोठी बाट शुरु भएर जिल्ला प्रहरी कार्यलय बाईपास रोड जिल्ला प्रसासन कार्यलय हुदै केन्द्रिय बस टर्मिनमा गएर कोण सभामा परीणत भएको थियो । उक्त कोण सभामा नेपाली काग्रेस नेकपा एमाले माओबादी केन्द्र राप्रपा लगातका नेताहरु मन्तब्य ब्यक्त गरेका थिए ।चितवनमा करीब १ लाख सहकारी पिडीतहरु रहेको र उनीहरु करीब ५ देखि ६ अरब रुपैया डुबेको बताईको छ । सरकारले तत्काल सहकारी पिडीतहरुको समस्याको बारेमा सम्बोधन नगरी थप आन्दोलन गर्दै जाने उनीहरुले जनाएका छन् ।