
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक कारवाहीमा परेकालाई ट्राफिक स्वयंसेवक बनाउने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै खतिवडाले कानूनी शासनमा हुकुमी शैलीमा नियम बनाएर कसैको पनि शोषण गर्न नपाइने भन्दै ट्राफिक स्वयंसेवक बनाउने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाले कानून अनुसार शासन चलाउने कामको सुरुवात होस भन्ने माग गर्नुभयो । उहाले मिडिया ट्रायल गरेर नभइ गृहमन्त्रालय कानून अनुसार चलाउन सुझाव समेत दिनुभयो ।उहाले यस बिषयमा रुलिङ गर्न पनि माग गर्नुभयो ।




























