
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाउनुभएको छ ।सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा केसीले संसदमा जति बहस र छलफल गरेपनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य आफुले नदेखेको बताउनुभएको हो । बजेटको छलफल उत्साहजनक नरहेकाले आफु बैठकमा निदाएको उहाले बताउनुभयो । उहाले नेपालको संविधानमा व्यवस्था गरेबमोजिम समाजवाद उन्मुख कार्यक्रमलाई प्राथमिकता दिन नसकेको धारणा राख्नुभयो । सरकारको नीति तथा कार्यक्रम भन्दा फरक रुपमा बजेट आएको उहाको भनाइ छ ।उहाले बजेटले दलाल पुँजीको आगमन वृद्धिका लागि विभिन्न बाटो खुलेको तर्क गर्नुभयो ।




























