
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।सोमबार विशेष अदालतका सदस्य न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि तीन दिन म्याद थप गर्ने आदेश दिएको हो।पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसयता अनुसन्धानका लागि अदालतले पटक–पटक म्याद थप गर्दै आएको छ। प्रारम्भमा सात दिनको म्याद दिइएको थियो। त्यसपछि असार १५ गते तीन दिन, असार १८ गते छ दिन र असार २४ गते पाँच दिन म्याद थप गरिएको थियो।नवीन आदेशसँगै उनीमाथिको अनुसन्धान जारी रहने भएको छ।



























