
काठमाडौँ । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रमा उल्लेख छ । नेपालमा ’लागूऔषध दुरुपयोगविरुद्ध लडौँ, रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ प्रभातफेरी निकालिएको छ ।र्यालीपछि गृहमन्त्रालयको मूल समारोह समितिले काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले सरकार नेपाली जनता, युवाहरुलाई दूव्र्यसनीबाट जोगाउनका लागि गम्भीर रहेको बताउनुभयो ।उहाले लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्ध जनचेतना, प्रहरी कारवाही बढाउदा पनि नियन्त्रण हुन नसकेको भन्दै त्यसमा देखिएको कमजोरीलाई निर्ममका साथ समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउने उद्देश्यले उक्त दिवस मनाउने गरिन्छ ।




























