
काठमाडौँ ।नेकपा एमाले संसदीय दलले नयाँ सरकार गठनका लागि मार्गप्रस्तस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको छ ।आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै मार्गप्रसस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले सदनमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको बिपक्षमा मत दिने निर्णय पनि गरेको छ । बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्न आग्रह गरेको जानकारी दिनुभयो । अहिले सरकारले बिभिन्न निर्णय गरिरहेको भन्दै अल्पमतमा परेको सरकारले दिर्घकालीन असर पुग्ने निर्णय गर्ने हैसियत नराख्ने उहाले बताउनुभयो ।बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिको अनुमोदन गरेको उहाले बताउनुभयो ।बर्तौलाले कांग्रेस र एमाले मिलेर संविधानको धारा ७६ (२) बमोजिम राष्ट्रिय सरकार बन्ने भन्दै संविधानलाई भ्रमणपूर्ण ढंगबाट व्याख्या गर्न खोजिएको जिकिर गर्नुभयो ।




























