काठमाडौं । केही मानिस रहस्य बनेर जन्मन्छन् । उनीहरु ब्लेड, फलाम, स्टील निल्न सक्छन् या आगोमा पनि हिंड्न सक्छन् । तर उनीहरुलाई केही हुँदैन । दुनियाँमा यस्ता अनेकांै मानिस छन् जो समाजको हर वर्गमा पाइन्छन् । उनीहरुको रहस्य के हो ? उनीहरु यस्तो खालको निपूर्णता कसरी हासिल गर्छन् ? यस्तो खालको प्रश्नले मानिसलाई चक्करमा पारिदिएको छ । तर यी सबैभन्दा माथि अर्को एउटा प्रश्न छः यति खतरनाक र विचित्र व्यवहार गर्ने मानिस आफैं चाहिं कस्तो महसुस गर्छन् ?भारतका धेरै गाउँहरु रहस्यले भरिएका छन् । यस्तो स्थानमा जान मानिस डराउन थाल्छन् । यहाँ केही यस्ता विचित्र मानिस छन् जसले अनौठा कार्यहरु गर्छन्, यस्ता मानिस केवल भारतमा मात्र सीमित छैनन्, पूरा दुनियाँमा पाइन्छन् ।
आगोमा हिंड्ने चलन भारतका फकीरमा धेरै लोकप्रिय छ । उनीहरु स्थानीय हिन्दू देवताको जन्मदिनमा गाउँमा आउँछन् र मानिसलाई लामो खाल्डो खन्न लगाएर बलिरहेको कोइलाले भर्ने आदेश दिन्छन् । त्यसपछि उनीहरु नाङ्गो खुट्टाले त्यसमा हिँड्छन् र मुस्कुराउँदै पारि पुग्छन् । उनीहरु यो अद्भुत काम कसरी गर्छन् साँच्चै एक रहस्य हो र आजसम्म कसैले पनि यसको विवेकपूर्ण जवाफ दिन सकेको छैन । यसको एक मात्र कारण जुन सत्यको नजिक हुनसक्छ त्यो यो हो कि फकीर आफ्नो कठोर मनोबलले पीडामा विजय पाउँछन् ।
यस्ता दुस्साहसी कार्य चीन, तिब्बत, जापान र हङकङमा पनि हुन्छन् । जापानको शिन्तोवादमा आगोमा हिंड्ने अनेकौं भक्त भेटिन्छन् । तर यो रुचिकर र भ्रममा पारिदिने कामको सबैभन्दा खतरनाक रुप उत्तरी अमेरिकाका इण्डियनहरुमा देख्न पाइन्छ । यहाँ गाउँका मानिस स्वयंलाई पवित्र बनाउनको लागि गाउँको परम्परागत झुपडीमा ठूलो आगो लगाउँछन् । फेरि उनीहरु आफ्नो लुगा खोलेर आफ्नो नेताका साथमा आगोको गोलामा प्रवेश गर्छन् । फेरि नृत्य हुन्छ र जसमा स्त्रीहरु आगोको चारैतिर नाच्छन् र मानिस त्यसबाट हिंडेर अगाडि बढ्छ । नृत्यपछि उनीहरुको नेता आगोबाट बलिरहेको दाउरा निकालेर आफ्नो तथा अरुको शरीरमा लगाउँछ । यस्तो मानिन्छ कि जो यसबाट जल्छ उसलाई अतिरिक्त साधनाको आवश्यकता छ । तर यो रीति यहाँ सकिदैन । यो सबैपछि सबै कचौराभरि नुनको पानी पिउँछन् । र बालुवाले बनेको कचौरामा उनीहरु यो पानी उल्टी गर्छन् । जसले उल्टी गर्दैन उसलाई अपवित्र मानिन्छ र उसले यो रीति दोहो¥याएर गर्नुपर्छ । अन्त्यमा परम्परागत झुपडीको ढोका बन्द गरिन्छ र उक्त मानिस अन्य मानिससँगै आगोको वरिपरि बस्छ । ऊ आगो पूर्ण रुपमा नसेलाउन्जेलसम्म त्यहीं बसिरहन्छ । चिसो खरानीलाई उल्टीसँगै मिलाएर खुल्लामा छोडिदिन्छ ताकि त्यो हावासँगै उडेर जाओस् । यसको साथै एक वर्षको लागि उनीहरुको पवित्रीकरणको क्रिया समाप्त हुन्छ । एक वर्षपछि यही विधि दोहो¥याइन्छ । जापानमा तकाओ पर्वत मुनि आगोमा हिंड्नु पर्ने एउटा बौद्ध चाँड पनि छ ।
हिन्दू धर्ममा अग्निको रहस्यको एक महङ्खवपूर्ण स्थान छ । यहाँ मानिसको आत्मबोधको प्रक्रिया विकासको अनेकौं चरण भएर अगाडि बढ्छ । तब कतै कुनै साधक यी दस या धेरै चरणबाट, सफलता पाउँदै अगाडि बढेपछि अन्तिम चरण या मोक्ष प्राप्त गर्छ । अग्निको रहस्य हठयोगको एक भाग हो र यसलाई नियमित रुपमा आफ्नो मनोबल विकसित गरेर नै प्राप्त गर्न सकिन्छ । यस्ता मानिसलाई आगोले प्रभावित गर्दैन र अग्निमा पनि उसको यति नियन्त्रण हुन्छ कि उसको वस्त्र पनि अग्निले जल्दैन । यी अत्यन्त विचित्र घटना हुन्, जसले मानिसको बुझ्ने शक्तिलाई पनि परास्त गरिदिन्छ ।
यहाँ हामी कलकत्ताको एक फकीर जाटू भाइको बारेमा संक्षेपमा उल्लेख गर्नेछौं । उनले अग्निमा यति नियन्त्रण पाए कि उनी बलिरहेको ज्वालामा नृत्य गर्छन् । तर उनीमाथि अग्निको कुनै असर हुँदैन । आफ्नो यो अलौकिक प्रतिभाको प्रदर्शनभन्दा पहिला उनी ध्यान गर्छन् र ईश्वरको प्रार्थना गर्छन् । यसबाट उनले आत्मबल पाउँछन् र उनी आफू नजलीकनै आगोमा हिंड्न सक्छन् ।
यो कर्मकाण्ड केवल अग्निमा हिंड्नुमा मात्र सीमित छैन । जब यो आफ्नो पूरा जोडमा पुग्छ तब जाटू भाइ अग्निको ज्वालाको बीच आनन्दातिरेक भएर नाच्छन् । यस बीच उनको आत्मशक्ति आश्चर्यजनक रुपमा धेरै बढ्छ ।
नृत्यपछि फकीर जाटू भाइका खुट्टा जाँचिए तर यो देखर सबैलाई आश्चर्य लाग्यो कि उनका खुट्टा जस्ताका तस्तै थिए र त्यसमा जलेको कुनै चिह्न समेत थिएन । अचम्मको कुरा त यो थियो कि उनको लुगा पनि सुरक्षित थिए र उनीमाथि अग्निको कुनै प्रभाव परेको थिएन ।
यो कौशलको प्रदर्शन गर्नेहरु बहादुर निश्चिन्त हुन्छन् भने हेर्नेहरु आशंकित र डराएका हुन्छन् । सौभाग्यले आजसम्म कुनै दुर्घटना भएको छैन । डाक्टर र वैज्ञानिक यी मानिसको विचित्र शक्तिलाई बुझ्न असफल भएका छन् । उनीहरु धेरैजसो यो प्रश्न सोध्छन् कि लगभग ८०० फरेनहाइटको तापमान भएको बलिरहेको इँटमा हिंड्दा पनि यी मानिस किन जल्दैनन् ।
सन् १८९० मा डा. टी.एन. हाकेनले यो रहस्यबाट पर्दा उठाउने प्रयास गरे । उनले आगोमा हिंड्ने मानिसको पैतालाको रासायनिक परीक्षण गरे र त्यो आफ्नो जिब्रोले चाटेर हेरे । तर उनीहरुले पैताला सुरक्षित राख्ने खालको कुनै पदार्थको अस्तित्व पाएनन् । अन्त्यमा उनीहरुले मान्नु नै प¥यो कि यी मानिस यसमा कुनै छल–कपट गर्दैनन् ।
तर, धेरैजसो मानिसहरु डा. हाकेनको रिपोर्टमा एक मत थिएनन् । सन् १८९५ मा फोकलोर सोसाइटी अफ इंग्ल्याण्डका निर्देशक एडवर्ड क्लाडले भने कि यो सारा प्रक्रिया एक जादूगरी हो । उनले संभावना प्रकट गरे कि यस्ता मानिसको खुट्टाको छालालाई सलफ्यूरिड एसिड या एलमको प्रयोगले संवेदन शून्य बनाइदिएको होला । क्लाडको आशंकालाई पनि निराधार भनियो । सन् १९३७ मा कार्लशाल्टर्नमा एक प्रयोग गरियो । एक खाल्डोमा आगो लगाइयो र त्यस प्रतियोगितामा दुई मानिसले भाग लिए । उनीहरुको सूक्ष्म रुपमा जाँच गरियो । दुवै प्रतियोगीहरु अहमद हुसेन र रेजिनाल्ड एड्ककले आगोमा हिंड्नु अगाडि र पछि जाँच गराए । यसमा कुनै चलाखी पाइएन । वैज्ञानिक र शोधकर्ताले उनीहरुमाथि कडा जाँच गरे तर अन्ततः उनीहरुले यो कुरा स्वीकार गर्नु नै प¥यो कि केही यस्ता अपत्यारिला सत्य र चमत्कार छन्, जसलाई वैज्ञानिक रुपमा मान्न सकिदैन ।
कुनै विवेकपूर्ण या वैज्ञानिक उत्तरको अभावमा अग्निमा चल्ने मानिस लगातार आफ्नो सिद्धि प्रदर्शन गरिरहेका छन् । अब अनेकौं मानिसले यी सिद्ध मानिसहरुलाई आफ्नो कलाकारमा सामेल गरेका छन् । यी मानिसहरु आगोमा हिंड्ने, ज्वालामा नाच्ने, आगो निल्ने आदि खतरनाक खेल देखाएर दर्शकलाई आश्चर्यचकित बनाइदिन्छन् ।
माथि दिएको लेखबाट स्पष्ट हुन्छ कि अग्नि–प्रतिरक्षणलाई केवल वैज्ञानिक आधारमा मात्र बुझ्न सकिदैन । यो एक यस्तो क्षेत्र हो जहाँ विज्ञानले हाम्रो मद्दत गर्न सक्दैन । सिद्धिको समय मनुष्यभित्र कस्तो शारीरिक र मानसिक परिवर्तन हुन्छ, यसलाई बुझ्नको लागि अझै हामीलाई धेरै समय लाग्नेछ ।