
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । आज पहिलो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुँदैछन् | करिब ८ वर्षपछि महिला एशिया कपमा सहभागी हुन लागेको नेपालले श्रीलंकास्थित रणगिरी दाम्बुला अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा आज दिउँसो सवा २ बजे यूएईसँग प्रतिस्पर्धा गर्ने भएको हो।करिब ८ वर्षपछि महिला एशिया कपमा सहभागी हुन लागेको नेपालले श्रीलंकास्थित रणगिरी दाम्बुला अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा आज दिउँसो सवा २ बजे यूएईसँग प्रतिस्पर्धा गर्ने भएको हो।
यसअघिका दुई संस्करणमा सहभागी भए पनि नेपाली महिला टोलीले कुनै खेल जित्न सकेको छैन।सन् २०१२ मा चीनमा भएको प्रतियोगितामा भाग लिँदै नेपालले एशिया कपमा ‘डेब्यु’ गरेको थियो भने सन् २०१६ को संस्करणमा पनि नेपालले सहभागिता जनाएको थियो।प्रतियोगिताको सेमिफाइनल २६ जुलाईमा र फाइनल २८ जुलाईमा हुनेछ। समूह ए मा रहेको नेपाल समूह चरणका खेलमा कम्तिमा यूएई र पाकिस्तानलाई हराउँदै अघिल्लो चरण पुग्ने ध्याउन्नमा छ।अर्को समूहमा आयोजक श्रीलंकासँगै बंगलादेश, मलेशिया र थाइल्याण्ड रहेका छन्।




























