
काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रको समिकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताउनुभएको छ ।शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्की केन्द्रको समिकरण भन्दा फरक रहने सोच नभएको भन्दै त्यही अनुसार सरकार बन्ने बताउनुभएको हो ।सरकार पुनर्गठनका लागि कांग्रेससंग छलफल भइरहेको भन्दै ठोस जवाफ आइनसकेको उहाले बताउनुभयो । उहाले आफुले कांग्रेसको जवाफ पर्खिरहेको जिकिर गर्नुभयो । मुख्यमन्त्री कार्कीले माओवादीलाई पनि प्रदेशमा समिकरण परिवर्तन गर्ने तयारीका बिषयमा जानकारी गराइसकिएको बताउनुभयो ।उहाले प्रदेशमा मन्त्रालयको भागबण्डाका बिषयमा केन्द्रको निर्देशन आवश्यक नभएको बताउनुभयो ।




























