
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरलाई तीनवटा कोणबाट नमूना विकास अभियान सञ्चालन गर्नेगरी कार्यक्रम ल्याइएको बताउनुभएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिर्दै प्रधानमन्त्री ओलीले सुशासन सेवाप्रवाह र विकास निर्माणको बाधकको रूपमा रहेको भ्रष्टाचार निवारण वर्तमान सरकारको प्रमुख प्राथमिकताको विषय भएको भन्दै भष्ट्राचार निवारणका लागि सरकारले सम्भाव्य सबै उपायहरुको अवलम्बन गर्ने बताउनुभयो ।सुन काण्ड, सहकारी ठगी, नक्कली भुटानी शरणार्थीलगायतका प्रकरणलाई निष्कर्षमा पुराउन सरकार गम्भीर रहेको उहाले बताउनुभयो । उहाले ठूलासाना जोसुकै भए पनि दोषीलाई कानूनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत काली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताउनुभयो ।सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने उहाको भनाइ छ । उहाले राष्ट्रिय आवश्यकता र राष्ट्रहितलाई मनन गरी राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटाउँदै संविधान संशोधनका लागि पहल गर्ने बताउनुभयो ।प्रधानमन्त्री ओलीले सहकारी क्षेत्र तथा बचतकर्ताहरूले भोग्नुपरेका समस्याहरू सम्बोधन गर्न विगतमा गठित कार्यदलहरुबाट प्राप्त हुन आएका सुझाव एवं सहकारी पीडितहरुसँग पटक–पटक गरिएका सहमतिहरू कार्यान्वयन हुने क्रममा रहेको बताउनुभयो ।




























