
काठमाडौं ।उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक अस्थीरताका कारण समस्या देखिएकाले ठूला दल मिलेर सरकार बनाउनुपरेको बताउनुभएको छ ।शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा केसीसी एक्जिबिट उद्घाटन गर्दै सिंहले मुलुकलाइ स्थीरता दिदै देशमा देखिएको समस्या समाधान गर्न नयाँ सरकार बनाउने परिस्थीति आएको बताउनुभएको हो ।उहाले जनतामा देखिएका बिभिन्न समस्याहरुको समाधान गर्दै देशको बिकास गर्न सरकारको ध्यान केन्द्रीत हुने धारणा राख्नुभयो । अहिले देखिएका असन्तुष्टिहरुलाई लोकतान्त्रीक पद्दती अनुसार शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने उहाले बताउनुभयो ।सिंहले नेपालमा केहि भएन भन्दै विदेशीने क्रम बढिरहेको अवस्थामा सकारात्मक सोचका साथ अघि बढ्न सक्नुपर्नेमा जोड दिनुभयो । सूचनाप्रविधि क्षेत्रमा भएका बिकासलाई उपयोग गर्दै युवाहरुले देशभित्रनै त्यसको फाइदा लिन सक्ने उहाको भनाइ छ ।दुईदिनसम्म चल्ने केसीसी एक्जिबिटमा सूचना प्रविधि, इन्जिनियरिङ क्षेत्र लगाएतका व्यवहारिक ज्ञानका नमूनाहरुको प्रदर्शनी स्टल राखिएको छ ।




























