
काठमाडौ । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ।साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर जानकारी गराएको हो।मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीका अनुसार भदौ ४ गते मंगलबारका दिन प्रदेशभर गाईजात्राको अबसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।




























