
काठमाडौं| भारतको औपचारिक भ्रमणका रहनुभएकी रराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय समकक्षी एस.जयशङ्करबीच भेटवार्ता भएको छ ।नयाँ दिल्लीमा भएको भेटवार्ताका लागि पुग्नुभएकी परराष्ट्रमन्त्रीलाई भारतीय विदेशमन्त्री जयशङ्करले स्वागत गर्नुभएको थियो । भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।



























