
काठमाडौं : प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ ।उनलाई काठमाडौं नारायण चौरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बताएको छ । सिआइबीबाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो ।शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरेको ब्यूरोले जनाएको छ ।ब्युरोले विहिबार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमती लिई गोल्छालाई काठमाडौंको नक्सालबाट पक्राउ गरिएको जनाएको छ ।



























