
काठमाडौं । अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुदै गएको बताउनुभएको छ ।मंगलबार काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शो २०२४ को उद्घाटन गर्दै मन्त्री पाडैलले वर्तमान सरकारले गरेको सहज नीतिगत व्यवस्थाका कारण मुलुलकको अर्थतन्त्र चलायमान हुदै गएको बताउनुभएको हो । नीतिगर स्थीरता राजनीतिक स्थीरतासंग जोडिएको भन्दै अहिलेको सरकार भनेको स्थीर सरकार भएको उहाले बताउनुभयो ।उहाले व्यवसायीहरुको नीतिगत समस्यालाई समाधान गर्ने गरि सरकार अघि बढ्ने उल्लेख गर्नुभयो । अब अटो उत्पादनतर्फ ध्यान केन्द्रीत हुनुपर्ने र यसमा सरकारले साथ दिने उहाको भनाइ छ । उहाले नेपालमा गुणस्तरीय उत्पादन गर्न सके विदेशी बजारमा पनि नेपालको उत्पादनले स्थान लिन सक्ने जिकिर गर्नुभयो ।अर्थमन्त्री पौडेलले विद्युतीय सवारीसाधानका साथै अर्थतन्त्रका सवै क्षेत्रमा अध्ययन र अनुसन्धान गरे निष्कर्षमा पुग्ने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने बताउनुभयो ।त्यस्तै उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोवाइल्सलाई लक्जरको रुपमा हेर्दा केहि सीमाहरु र संकुचन देखिएको भन्दै यसलाई राज्यले ध्यान दिएर सहजीकरण गर्नुपर्ने बताउनुभयो । अटो मोवाइल्सलाई प्राथमिकतामा राख्न सके करमा समेत बृद्धि हुने उहाको भनाइ छ ।नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक बर्ष बृहत् अटो शो गर्दै आएको छ । यसपटकको अटो शो भाद्र १६ गतेसम्म आयोजना हुने बताइएको छ ।नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीका स्टलसंगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहेका छन् । नाडाले अटो शो अवधिभर करिब ७५ हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले जनाएको छ ।




























