नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई स्वतन्त्र हैसियतमा पुराउने षडयन्त्र भएको बताउनुभएको छ ।आइतबार काठमाडौंमा आयोजित नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रस्तुत हुने दस्तावेजमा आधारित नेपालमा समाजवादी क्रान्ति बिषयक अन्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुराउदै सांसदहरुलाई जता पनि जान सक्ने गरि षडयन्त्र भएको बताउनुभएको हो । जसपा फुटाउने षडयन्त्रपछि दोश्रो तारो आफ्नो पार्टीलाई बनाइएको उहाले बताउनुभयो । अध्यक्ष नेपालले कम्युनिष्ट भनिएकाहरु नै कम्युनिष्टको विरोधी भएको यथार्थलाई सवैले बुझ्नुपर्ने धारणा राख्नुभयो । कम्युनिष्ट आन्दोलनहरु बिभाजन भयो भनेर बिचलित नहुने भन्दै पुनर्गठित गर्दै नयाँ उचाईमा पुराउने उहाले बताउनुभयो । अध्यक्ष नेपालले कम्युनिष्टका साथै देशभक्तका साथै निरंकुशताविरोधी परिवर्तन चाहने शक्तिहरुलाई पनि गोलबन्ध गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कम्युनिष्टभित्र हावी भइरहेको दक्षिणपन्थी अवसरबादका बिरुद्ध बैचारिक तथा सैद्धान्तिक संघर्षलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाले समाजवाद निर्माण गर्नका लागि समाजवादी क्रान्तिको प्रारम्भीक चरणमा रहेको भन्दै यसले कति समय लिन्छ भन्न नसकिने बताउनुभयो ।एमसीसी सम्झौतालाई अनुमोदन गर्ने काम सवैभन्दा ठूलो गल्ती भएको भन्दै राष्ट्रियतालाई बलियो बनाउन यस्ता बिषयलाई सच्चाउदै अघि बढ्नुपर्ने बताउनुभयो ।